अध्यक्ष प्रचण्ड भन्छन्, ‘कम्युनिष्ट पार्टीहरुलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको छ’

उज्यालो प्रतिनिधि १२ श्रावण २०८१, शनिबार मुख्य नेटवर्क

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन्।

पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूले कम्युनिष्ट एकताको प्रयास गर्दा असफल भएको बताए।

उनले पहिलो प्रयास असफल भएपछि अहिले पनि आफूले कम्युनिष्ट एकताको प्रयास फेरि अघि बढाए पनि सफल नभएको उनको भनाइ छ।

प्रचण्डले भने, ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिष्ट एकताको प्रयास अघि बढाएको थिएँ, तर सफल भएन।’

यस्तै उनले नेकपा एमालेभित्र अझै देशभक्तहरुको पंक्ति ठूलो रहेको र त्यसप्रति आफूलाई चिन्ता भएको बताएका छन्। उनले भने, ‘एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै छ। कम्युनिष्ट आन्दोलनप्रति ठूलो त्याग गरेका, योगदान गरेका मानिसहरु छन्। मेरो चिन्ता त्यो पंक्तिसँग हामी सबै सञ्चा कम्युनिष्ट क्रान्तिकारी भन्नेहरु कसरी जोडिने भन्नेबारेमा चिन्तनमनन गरिराख्नुपर्नेछ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार