खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय

उज्यालो प्रतिनिधि १० श्रावण २०८१, बिहीबार खेल

काठमाडौँ — विवाद र अन्योलताबीच पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको निर्णय भएको छ । अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई भारले मान्यता नदिएको हो

अर्जेन्टिनी प्रशिक्षक ज्याभिएर मास्केरानाले यो निर्णयले फुटबलकै बेइज्जत भएको र खेल सर्कसमा परिवर्तन भएको प्रतिक्रिया दिएका छन् ।

दर्शकको उपद्रोबीच खेल सकिएको दुई घण्टापछि खाली रंगशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो । समूह बी को सेन्ट स्टेयनमा भएको खेल २–२ को बराबरीमा टुंगेको मानिएको थियो ।

क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यस लगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो । केही दर्शक मैदानमा प्रवेश गरेका थिए ।

त्यस स्थितिमा रेफ्रीले खेल सकेको निर्णय गरेका थिए र दुवै टिमले मैदान पनि छाडिसकेका थिए । तर रेफ्रीले खेल सकिएको संकेतमा ह्विसल भने बजाएका थिएनन् । यस्तोमा खेल सकिएको दुई घण्टापछि खेल मोरक्कोले जितेको निर्णय भएको हो ।

बुधबारकै अन्य खेलमा समूह डी मा जापानले पाराग्वेलाई ५–० ले हरायो । यस्तै समूह सी मा स्पेनले उज्वेकिस्तानलाई २–१ ले हरायो भने इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले । यस्तै समूह बी मा इराकले युक्रेनलाई २–१ ले हरायो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार