गृहमन्त्री लेखकले दिए सभापति देउवालाई धन्यवाद

उज्यालो प्रतिनिधि ५ श्रावण २०८१, शनिबार समाचार

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा दिएका छन् । असार ३१ मा गृहमन्त्री नियुक्त भएपछि लेखकले शुक्रबार प्रमुख सचेतकबाट राजीनामा दिएका हुन् ।

गृहमन्त्री लेखकले कांग्रेस पार्टी सभापति तथा दलको नेता शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका थिए । प्रमुख सचेतका रूपमा सेवा गर्ने अवसर दिएकोमा सभापति देउवालाई गृहमन्त्री लेखकले धन्यवाद पनि दिएका छन् ।

२०७९ पुस १९ मा सभापति देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतक मनोनीत गरेका थिए । उनले करिब १८ महिना प्रमुख सचेतकको भूमिका निर्वाह गरे ।

गृहमन्त्री लेखकले राजीनामा दिएसँगै कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत भइसकेका छन् । शनिबार सभापति देउवाले घिमिरेलाई प्रमुख सचेतक मनोनीत गरेका हुन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार