कसले गर्यो चन्द्रागिरिको पार्किङमा राखेको मोटरसाइकलमा आगलागी ?

उज्यालो प्रतिनिधि ५ श्रावण २०८१, शनिबार समाचार

काठमाडौँ । चन्द्रागिरि नगरपालिका-४ चन्द्रागिरि चोकस्थित रोयल चन्द्रागिरि ईन होटेल अगाडि पार्किङ गरी राखेका सवारी साधनमा शुक्रबार राति आगलागी भएको छ ।

नेपाल प्रहरीका अनुसार बा.६१ प ४०९० नम्बरको स्कुटर, बा.प्र.०४२ प ३२०४ नम्बरको मोटरसाइकल र बा.५३ प ३८११ नम्बरको स्कुटरमा गएराति आगलागी हुँदा उक्त सवारी साधन पूर्णरूपमा जलेर क्षति भएको छ । साथै आगलागीबाट बा.प्र.०२-०२२ प २७४० नम्बरको मोटरसाइकल समेत आंशिक रूपमा जलेर क्षति भएको छ ।

उता झापाको दमक नगरपालिका-६ स्थित सोही नगरपालिका-७ बस्ने ४७ वर्षीय सञ्जय रौनियारको कपडाको गोदाममा विद्युत् सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा गोदाममा रहेको साडी र थान कपडा पूर्णरूपमा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार