विद्यार्थीको वर्षे बिदाको सदुपयोग : विद्यालयमा नै कम्प्युटर कक्षा सञ्चालन

उज्यालो प्रतिनिधि ३ श्रावण २०८१, बिहीबार शिक्षा

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले विद्यार्थीको वर्षे बिदालाई कम्प्युटरको सिप प्रदान गरेर सदुपयोग गरेको छ ।

वर्षे बिदाको सदुपयोग गर्दै गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा वर्षे बिदाको समयमा कम्प्युटर कक्षा सञ्चालन भइरहेका छन् । गाउँपालिकामा रहेका सातवटा माध्यमिक विद्यालयमा गत असार ३० गतेदेखि दैनिक कम्प्युटर कक्षा सञ्चालन भएको गाउँपालिकाको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले जानकारी दिए ।

हरेक विद्यालयमा दैनिक तीन÷तीन वटा कम्प्युटर कक्षा सञ्चालन भइरहेको उनले बताए । ७ वटा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई वर्षे बिदाको समयमा दैनिक दुई घण्टा कम्प्युटर कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । ‘गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई वर्षे बिदालाई लक्षित गरी १५ दिने कम्प्युटर (अफिस प्याकेज) कक्षा सञ्चालन भइरहेको छ’, उनले भने ।

असार ३० गतेबाट सुरु भएको कम्प्युटर कक्षा साउन १२ गतेसम्म सञ्चालन हुने शेर्पाले बताए । एउटा माविमा २० वटा कम्प्युटर भएकाले २० जना विद्यार्थीको एउटा समूह बनाएर कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । हरेक विद्यालयमा दुई घण्टाका दरले दैनिक तीनवटा कक्षा सञ्चालन गरिएको उनले बताए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार