युरो २०२४ फाइनल आज राति : उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्दै

उज्यालो प्रतिनिधि ३१ असार २०८१, आईतवार खेल

काठमाण्डौं । युरोपियन च्याम्पियनसिप २०२४ उपाधिका लागि आज राति स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा स्पेन चौथोपटक उपाधि जित्ने लक्ष्यमा छ । स्पेन पाँचौँपटक फाइनलमा स्थान बनाएको हो । यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ मा उपाधि जितेको थियो ।

ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्ड पहिलोपटक प्रतियोगिता जित्ने योजनामा छ । लगातार प्रतियोगिताको फाइनलमा पुगेको इंग्ल्यान्डले स्पेनविरुद्ध आफ्नो सामान्य खेल खेल्दै दबाब सिर्जना गर्ने बनाएको छ । ‘हामीले खेलमा कुनै दबाब लिँदैनौँ । आफ्नो सामान्य खेल खेल्छौँ,’ इंग्ल्यान्डका प्रशिक्षक गेराथ साउथगेटले भनेका छन् । केनको कप्तानीमा इंग्ल्यान्डसँग जुड वेलिंघम, फिल फोडेन, बुकायो साका, जन स्टोनेस, केली वाल्कर, डिक्लेन राइसजस्ता प्रभावशाली खेलाडी छन् ।

स्पेनका प्रशिक्षक लुइस डी ला फुइन्टेले अन्य खेलको झै लय कायम राख्ने बताउँछन् । मुख्य खेलाडी पेड्री घाइते भए पनि डानी ओल्मोको उनको अभाव हुन दिएका छैनन् । अल्भारो मोराटाको कप्तानीमा प्रभावशाली अट्याकरद्वय लामिन यमल र निको विलियम्स रहेका छन् । दुई खेलाडीले विंगबाट दबाब सिर्जना गर्नेछन् । रोड्री र फाबियन रुइजले मध्यभाग धानेका छन् । डानियल कार्भाजाल, रोबिन ऐमिरिक लोपार्ट र मार्क कुकुरेलाले रक्षापंक्तिको जिम्मेवारी पाउन सक्छन् । फाइनलसम्म आइपुग्दा प्रतियोगितामा ६ खेलाडीले समान तीन गोल गरेका छन् । फाइनलिस्ट कप्तान केन र ओल्मोसहित जमल मुसियाल, कोडी गाक्पो, इभान स्चारन्ज र जर्जेस मिकाउटाड्ज छन् ।

दुवै टोली अपराजित
प्रतियोगितामा दुवै टोली अपराजित छ । स्पेनले जर्मनीविरुद्ध अतिरिक्त समयमा खेल जितेको छ । त्योबाहेक सबै खेल उसले ९०औँ मिनेटमै टुंगो लगाएको छ । यता, इंग्ल्यान्ड भने अन्तिम आठबाटै घर फर्कने अवस्थामा थियो । साकाको उत्कृष्ट गोलसँगै टोली बचेको हो । टोली पेनाल्टी सुटआउटमा जित निकाल्न सफल भयो । स्पेनले पहिलो खेलमा क्रोएसिया हुँदै इटाली र अल्बानियालाई समूह चरणमा हराएको थियो । नकआउटमा जर्जिया, जर्मनी र फ्रान्सलाई हराएको हो ।

इंग्ल्यान्डले भने अधिकांश खेलमा मोलेको छ । पहिलो खेलमा सर्बियालाई १–० ले हराउँदा दोस्रो खेलमा डेनमार्कसँग १–१ र स्लोभेनियासँग गोलरहित बराबरी खेल्यो । अन्तिम १६ मा स्लोभाकियालाई २–१ तथा क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा जित निकालेको थियो । सेमिफाइनलमा भने नेदरल्यान्ड्सविरुद्ध २–१ को पुनरागमन जित निकालेको थियो ।

प्लेयर्स टु वाच

आर्सनलका विंगरले युरोमा इंग्ल्यान्डको लागि सानदार प्रदर्शन गरेका छन् । बल कन्ट्रोल गर्दै जुनसुकै अवस्था विपक्षी बक्सभित्र पुर्‍याउनु उनको खुबी हो । स्विट्जरल्यान्डविरुद्ध हारिसकेको खेलमा उनले नै टिमको उद्धार गरेका थिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि साकाको प्रभाव उस्तै थियो । इंग्ल्यान्डले अधिकांश खेलमा रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गर्दै विंगरबाट विपक्षीलाई दबाब दिएको छ । त्यसका बुकायो साकाको भूमिका उत्तिकै छ । २२ वर्षीय खेलाडी स्पेनका लेफ्ट–ब्याक मार्क कुकुरेलाको लागि टाउको दुखाइको विषय बन्न सक्छन् । बुकायो साकालाई अग्रपंक्तिमा जुड वेलिंघम, फिल फोडेन र ह्यारी केनले साथ दिनेछन् ।

डानी ओल्मो (स्पेन)
प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन जारी राखेको स्पेनका लागि युवा खेलाडी यमल लामिन, रोड्री, निको विलियम्स, अल्भारो मोरटा र फाविन लुइजजस्ता खेलाडीले सानदार प्रदर्शन गरिरहेका छन् । तर, यी खेलाडीभन्दा पछिल्ला खेलमा डानी ओल्मो विपक्षीका लागि घातक बनेका छन् । युवा खेलाडी पेड्री घाइते भएपछि बेन्चमा रहेका ओल्मोले अवसर पाए । त्यसपछि जादु गरेका छन् । बुन्डेसलिगा क्लब आरबी लाइपजिकका यी खेलाडीले जर्मनीमा जादु गरेका छन् । फ्रान्सविरुद्ध जितमा विजयी गोल गरेका छन् । उनले पाँच गोलका लागि अवसर बनाए । तीन गोल गर्दा दुई असिस्ट गरेका छन् । ओल्मोलाई मध्यभागमा रोड्री र रुइजको साथ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार