दुई दल मिल्न मध्यरात किन चाहियो ? –प्रधानमन्त्री प्रचण्ड

उज्यालो प्रतिनिधि २९ असार २०८१, शुक्रबार समाचार

काठमााण्डौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति लुकेर नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेलाई लक्षित गर्दै षड्यन्त्रको बाटोमा अघि बढेको आरोप लगाए । उनले सोधे– पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा नै चाहिन्छ ? नियत सही भए सहमतिका लागि मध्यरात चाहिन्छ ?

उनले अहिले कांग्रेस–एमालेको सहमति रहस्यमय र वर्तमान संविधानप्रति छेडछाड गर्ने रणनीति भएको बताए । सहमतिको समय, सहमतिको स्थान र सहमतिको तरिकाले नै अबको बाटो प्रतिगमन हो भन्नेमा दुईमत नरहेको उल्लेख गरे ।

उनले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गरे। प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे ।

उनले १२ बुँदे सहमति दिनको उज्यालोमै गरेको, विस्तृत शान्तिसम्झौता संसारलाई साक्षी राखेर गरेको र संविधान बनाउने ऐतिहासिक र युगान्तकारी हस्ताक्षर पनि सबैका अगाडि घामझैँ छर्लंग भएको भन्दै एमाले–कांग्रेसको मध्यरातको सहमतिलाई आमजनताले मूल्यांकन गर्ने उल्लेख गरे।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार