देउखुरीमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणमा एक महिला गम्भिर घाईते

शिवु खनाल २८ असार २०८१, बिहीबार लुम्बिनी

देउखुरी । देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते हुनुभएको छ । लमही नगरपालिका वडा नम्बर ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट छाेट्की महरवा निवासी ४७ बर्षिय शाेवारी घर्ती मगर गम्भिर घाईते भएका छन् ।

बिहीबार विहान करिब साढे पाँच बजे जंगली च्याउ टिप्ने क्रममा उनीलाई भालुले आक्रमण गरेको थियो । अनुहारमा गम्भिर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । घाईते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछी थप उपचारको लागी बुटवल लगिएको छ ।

जंगल क्षेत्रमा प्रवेश नगर्न सामुदायिकको अपिल

अजम्मरी सामुदायिक वनकाे कोर क्षेत्रमा जथाभावी प्रवेश नगर्न अपिल गरिएको छ । जंगली वन्यजन्तुको आक्रमणबाट जाेगिन जथाभावी वन प्रवेशमा राेक लगाइएको छ । वनमा च्याउ टिप्न गएका बेला जंगली वन्यजन्तुसँग (बाघ, भालु, बदेल, चितुवा) लगायतसंग जम्काभेट हुँदा आक्रमण हुन सक्ने सामुदायिक वनले जनाएको छ ।

बिहीबार लमही नगरपालिका वडा नम्बर ६ छाेट्की महरा निवासी ४७ वर्षिय शाेवारी घर्ती मगर कर्री सामुदायिक वनमा च्याउ टिप्न जादा जंगली भालुले आक्रमण गरि गम्भीर घाइते हुनु भएको छ । उहाँकाे लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

प्रत्येक वर्ष अजम्मरी सामुदायिक वन लगायत छिमेकी वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट हुनसक्ने क्षतिबाट समयमै सचेत रहन अनुरोध गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार