विश्वासको मत नपाए ७६(३) बमोजिमकै सरकार बन्छ !

उज्यालो प्रतिनिधि २७ असार २०८१, बुधबार समाचार

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीले असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ । आज बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन निर्देशन ह्वीप जारी गर्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरूलाई समेत अपिल गरेको छ ।

बैठक पछी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

आगामी दिनमा वामपन्थी शक्तिहरूको बिचमा एकता र समाजवादी मोर्चालाई पनि अगाडि बढाउने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुभएको उहाँले बताउनु भयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सरकारलाई निरन्तरता दिने वचन दिएर काँग्रेससँग सरकार बनाउने सहमति गरेको विषयमा बैठकमा ब्रिफिङ गर्नुभएको पनि उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने दाबी पनि पनि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गर्नुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार