नेप्से परिसूचक २३.२५ अंक बढ्यो

उज्यालो प्रतिनिधि २७ असार २०८१, बुधबार समाचार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.२५ अंकले बढेको छ । आज नेप्से परिसूचक १.०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५.४० को विन्दुमा कायम भएको हो ।

आज तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता सेयर ७२ हजार सात सय १४ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजारबराबरको कारोबार भएको छ ।

विकास बैंक समूह ०.२९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैकिङ समूह १.६९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा १०.२५ प्रतिशत एसबिएल डिबेञ्चर– २०८३ को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको रु. १५ करोड आठ लाख ९९ हजार आठ सय ५९ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने लक्ष्मी उन्नति कोषको दश लाख सात हजार तीन सय ५० कित्ता सेयर किनबेच भएको छ । (रासस)

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार