ओली नै भन्थे, ‘प्रचण्ड सरकारले विश्वासको मत नपाए देउवाको नेतृत्वमा अल्पमतको सरकार बन्छ’

उज्यालो प्रतिनिधि २६ असार २०८१, मंगलवार उज्यालो फोकस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली आफैँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत नपाए कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अल्पमतको सरकार बन्ने दावी गरेको सामग्री फेला परेको छ ।

प्रधानमन्त्रीको रुपमा प्रचण्डले चौथोपटक विश्वासको मत लिने क्रममा संसदीय दलको बैठकमा ३ महिनाअघि ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका थिए ।

‘यदि प्रधानमन्त्रीमाथिको विश्वासको मत असफल भयो भने ७६ (२) को मिलिजुली सरकारको च्याप्टर क्लोज हुन्छ’ ओलीले भनेका थिए, ‘र, प्रमुख पार्टीको हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ, त्यो सरकार अल्पमतको, अयोग्य, दृष्टिकोण विहीन, स्वाभिमान विहीन भवितव्यले आइलागेको सरकार बन्नेछ । त्यस्तो बन्न दिनु हुँदैन ।’

ओलीले त्यस परिस्थितिबाट देशलाई जोगाउनका लागि, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने उनको तर्क थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार