‘योग्यतासँगै सीप विकास गर्नुपर्छ’

उज्यालो प्रतिनिधि २६ असार २०८१, मंगलवार समाचार

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ज्ञान समृद्धिको आधार भएकाले शैक्षिक प्रमाणपत्रका साथै व्यवहारिक सीप र दक्षता पनि अभिवृद्धि बढाउनुपर्ने बताएका छन् ।

केन्द्रबिन्दु डटकमद्वारा आज आयोजित दोस्रो ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा सम्बोधन गर्दै अध्यक्ष दाहालले राणा शासन र पञ्चायतकलासम्म ठुलाठालुको पहुँचमा रहेको शिक्षा अहिले सबैको पहुँचमा पुगेकाले देशलाई आवश्यक जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्ने आवश्यकता औँल्याए ।

उनले यस वर्षको एसइई परीक्षाको नतिजाले शिक्षाको गुणस्तर कमजोर देखिएको हुँदा गुणस्तरीय शिक्षाका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए। “कुनै बेला पढ्न जाँदा दण्डित हुनुपर्ने देश यही हो, अहिले शिक्षा संविधानको मौलिक हकमा छ, यो जनआन्दोलन र राजनीतिक परिवर्तनको उपलब्धि हो । विद्यमान शिक्षा प्रणालीमा सुधारका धेरै ठाउँ छन्, सुधारका लागि हामी लाग्नु जरुरी छ”, अध्यक्ष दाहालले भने ।

उनले सदनमा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई छलफलका आधारमा गुणस्तरीय शिक्षाको आधार तयार गर्ने गरी पारित गराउने विश्वास दिलाए । कार्यक्रममा विशिष्ट शिक्षा सम्मानबाट शिक्षासेवी चाँदनी जोशी, प्रा।डा।श्रीरामभगत माथे, सूर्य कार्की, दिप्पी आचार्यलगायतलाई सम्मानित गरियो ।

यसैगरी, उत्कृष्ट १४ सामुदायिक र ३१ संस्थागत विद्यालयलाई सम्मानित गरिएको थियो । अध्यक्ष दाहालका साथै नेकपा (एमाले) का सचिव योगेश भट्टराई, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले उत्कृष्ट शिक्षालय र शिक्षाकर्मीलाई सम्मान प्रदान गर्नुभयो । कार्यक्रममा विद्यार्थीलाई ‘करिअर काउन्सिलिङ’ पनि दिइएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार