युरो कप २०२४ को सेमिफाइनलमा भिड्न तयार छन् चारै टोली

उज्यालो प्रतिनिधि २६ असार २०८१, मंगलवार खेल

जर्मनीमा चलिरहेको युरो २०२४ च्याम्पियनसिपको मंगलबारदेखि सेमिफाइनल खेल सुरु हुँदै छ । पोल एबाट फ्रान्स र स्पेनले अन्तिम चारको स्थान पक्का गरेका हुन् । पोल ‘बी’बाट इंग्ल्यान्ड र नेदरल्यान्ड्सले अन्तिम चारमा स्थान सुरक्षित गरे । पोल ‘ए’का चारै क्वार्टरफाइनलिस्ट पूर्वविजेता थिए । फ्रान्सले पोर्चुगललाई टाइब्रेकरमा हराएको थियो । स्पेनले जर्मनीमाथि अतिरिक्त समयमा स्तब्ध बनायो । स्पेन सन् २०१२ पछि उपाधि जित्ने योजनाका साथ अगाडि बढेको छ । फ्रान्सले अन्तिमपटक सन् २००० मा युरो जितेको थियो । नेदरल्यान्ड्सले अन्तिमपटक उपाधि उचालेको सन् १९८८ मा थियो । इंग्ल्यान्ड भने पहिलोपटक उपाधि जित्ने यात्रामा छ ।

एक दशकअगाडि स्पेनजस्तो देखिन्थ्यो अहिले त्यही स्वरूपमा स्पेनले युरो २०२४ च्याम्पियनसिपमा खेलिरहेको छ । डिफेन्सदेखि फिनिसिङसम्म स्पेनको खासै कमजोरी देखिँदैन । मैदानमा धेरैभन्दा धेरै बल पोसेसन बनाएर विपक्षी पोस्टमा एकैपटक आक्रामक गर्ने शैलीले स्पेन अहिले सेमिफाइनलमा छ । सन् २००८ मा पहिलोपटक तत्काल युरो (युरोकप), सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोकप उपाधि उचाल्दा स्पेनले विश्व फुटबलमा तहल्का मचाएको थियो । चार वर्षको अन्तरमा फुटबलकै महत्वपूर्ण उपाधि उचाल्दा स्पेनको खेल्ने प्रमुख शैली नै बल पोसेसनमाथि कब्जा जमाउने हो ।

अहिले जर्मनीमा स्पेनिस खेलाडीले त्योभन्दा फरक खेल खेलिरहेका छन् । तर, उनीहरूको खेल्ने शैली त्यस वेलाको जस्तो झझल्को छ । अहिले यति मात्र फरक छ । स्पेनिस खेलाडी बल पोसेसनमा मात्र नियन्त्रण राख्दैनन्, उनीहरू दु्रतगतिमा विपक्षी पोस्टमा आक्रामण गरिहाल्छन् । सेमिफाइनल स्थान रक्षा गर्न स्पेनले क्वार्टरफाइनलमा आयोजक जर्मनीबाट कडा चुनौति पाएको थियो । यसबाहेक समूह चरण तथा प्रिक्वार्टरफाइनलमा स्पेनले त्यति धेरै संघर्षगर्नु परेको थिएन । क्वार्टरफाइनलसम्म ४–२–४ को शैलीमा प्रतिस्पर्धा गरिहेको स्पेनले पूर्वविजेता फ्रान्सविरुद्ध यही रणनीति अपनाउने छ ।

विश्व फुटबलमा यो शैली डिफेन्सिभ एट्याकिङ भनिन्छ । जति स्पेनको रक्षापंक्ति बलियो छ, त्यति नै फिनिसिङ बलियो उनीहरूको छ । शरीरिक रूपमा स्पेन राम्रो देखिएको छ । फाइनल प्रवेशको खेलमा स्पेनले इटाली, अल्वानिया तथा जर्जियाविरुद्धको खेलभन्दा फरक देखाउनुपर्छ । फ्रान्सको बलियो पक्ष काउन्टर एट्याक्ट हो । फ्रान्सले पोर्चुगलविरुद्धको क्वार्टरफाइनलमा यस्तै रणनीति अपनाएको थियो । यद्यपि, स्पेन अहिले संगठित रूपमा खेलिरहँदा फ्रान्सको काउन्टस सहजै तोड्न सक्ने क्षमता उनीहरूसँगछ । फ्रान्सले विशेषत गरी कप्तान केलियन एम्बाप्पे र ओस्माने डेम्बेलेको चलाखीपूर्ण पास तथा आक्रामण रोक्नुपर्छ । तर, फ्रान्सले सानो पासमा फ्रान्समाथि दबाब राख्न सक्छ ।

सन् २०२२ को कतार विश्वकपमा फ्रान्स उपविजेता बन्नु पछाडि युवा स्ट्राइकर केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शन थियो । लगभग एम्बाप्पेले कतारमा जादुमयी खेल प्रस्तुत गर्दा अर्जेन्टिनी लियोनल मेसीसमेत छायामा परेका थिए । अहिले युरोमा फ्रान्सले एम्बाप्पेबाट यस्तै प्रदर्शनको आशा गरिरहेको छ । पहिलो खेलमै चोटग्रस्त बनेपछि एम्बाप्पे आफ्नो स्वाभाविक खेल देखाउन सकिरहेका छैनन् । नाकमा चोट बोकेका उनी मैदानमा होसियारपूर्वक प्रतिस्पर्धा गरिरहेका छन् । उनले मैदानमा त्यति जोखिम उठाएका छैनन् ।

पोर्चुगलसँगको क्वार्टफाइनल खेलमा एम्बाप्पेले केही आकर्षक प्रहार गरेका थिए । तर, त्यसमा त्यति दम थिएन । पोर्चुगलमाथि टाइब्रेकरमा जित निकालेको फ्रान्सले स्पेनविरुद्ध कस्तो प्रदर्शन गर्छ न्ने हेर्न बाँकी छ । फ्रान्सको अहिले बलियो पक्ष भनेको डिफेन्स हो । मिडफिल्डबाट फिनिसिङमा गतिलो पास उपलब्ध भइरहे पनि त्यसलाई खेलाडीहरूले सदुपयोग गर्न सकिरहेका छैनन् । विपक्षी पोस्टमा सहजै बल पुगे पनि फ्रान्सका फिनिसरले त्यसलाई गोलमा परिणत गर्न नसक्नु नै प्रमुख कमजोरीका रूपमा हेरिएको छ ।

चालू युरोमा जसरी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो गोलविहिन हुँदै बाहिरिए । अहिले एम्बाप्पेलाई पनि त्यति डर छ । तर, महत्वपूर्ण खेलमा एम्बाप्पे राम्रो खेल्छन् । फ्रान्सलाई पनि यसैको प्रतिक्षा छ । स्पेनको रफतार रोक्ने क्षमता भएको टोली फ्रान्स नै फुटबल विश्लेषकहरू मान्छन् । स्पेनको कमजोरीको फाइदा एम्बाप्पे, डेम्बाले तथा एन्टोनियो ग्रिजम्यानले लिन सक्छन् ।

प्रतियोगिताकै साबिक उपविजेता इंग्ल्यान्ड हो । इंग्ल्यान्डले साबिक उपविजेताको हैसियतमा जस्तो प्रदर्शन गर्न सकिरहेको छैन । प्रशिक्षक गेराथ साउथगेटले टोली सम्हालेयता इंग्ल्यान्डको अन्तर्राष्ट्रिय फुटबलमा नतिजा राम्रो छ । तर, अहिले ठूलो समस्या नै इंग्ल्यान्डको एकरुपकताका साथ प्रदर्शन गर्न नसक्नु हो । समूह चरण देखि क्वार्टरफाइनलसम्म इंग्ल्यान्डको खेल उचारचढाव छ । प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनलम अन्तिम समयमा बराबरी गोल गरी इंग्ल्यान्डले सम्भवतः प्रतियोगिताबाटै बाहिरिने सम्भावना नकारेको थियो ।

कप्तान ह्यारी केनले प्रतियोगितामा दुई गोल गरे पनि उनी फर्ममा छैनन् । अन्तिम १६ र आठको खेलमा उनी सहज गोल अवसर गर्न चुकेका थिए । इंग्ल्यान्डलाई पछिल्ला दुई खेलमा जुडे वेलिंघम तथा बुकायो साकाले जोगाएका थिए । इंग्ल्यान्डको बलियो पक्ष नै डिफेन्स र मिडफिल्ड हो । व्यक्तिगत प्रदर्शनमा सबै राम्रा छन् । अहिले सेमिफाइनलमा इंग्ल्यान्डको सामना नेदरल्यान्ड्ससँग हुँदै छ ।

नेदरल्यान्ड्सको प्रदर्शनमा कुनै खेत लगाउने स्थान छैन । यसकारण, इंग्ल्यान्डले नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गरिरहँदा सामान्य गल्ती गर्नुहुँदैन । सानो गल्तीले पनि इंग्ल्यान्डको लगातार दोस्रोपटक फाइनल खेल्ने सपना तुहिन सक्छ । इंग्ल्यान्डले नेदरल्यान्ड्ससँगको खेलमा अहिलेसम्मकै बलियो डिफेन्स बनाउनु पर्छ । नेदरल्यान्ड्सको आक्रामक सहभागी टोलीमध्ये सशक्त छ । इंग्ल्यान्डले नेदरल्यान्ड्सको डिफेन्स लाइन तोड्ने फरक रणनीति बनाउनुपर्छ ।

क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले टर्कींसँगको खेलमा फरक रणनीतिका साथ प्रतिस्पर्धा गरेको थियो । उनीहरूले प्रिक्वार्टरफाइनलमा भन्दा फरक खेल देखाए । धेरै जसोले यसलाई नेदरल्यान्ड्सको ‘बी’ योजना भनेका छन् । मेम्पिस डेपाय अगाडि खेल्दा सबै अच्चममा परे । नेदरल्यान्ड्सको काउन्टर एट्याक्ट बलियो छ । तर, नेदरल्यान्ड्सले इंग्ल्यान्डको पाँच डिफेन्स लाइन कसरी तोड्छ भन्ने हो । नेदरल्यान्ड्सले अस्ट्रिया र रोमानियाविरुद्धका डिफेन्स सहजै तोडेको थियो । नेदरल्यान्ड्सले सेमिफाइनलमा फरक प्रतिद्वन्द्वीको सामना गर्दै छ ।

इंग्ल्यान्ड प्रतिद्वन्द्वीअनुसार खेल खेल्छ । अघिल्लो खेलमा स्विट्जरल्यान्डविरुद्धको प्रतिस्पर्धामा इंग्ल्यान्डले ‘डिस्टभ’ खेल खेलेको थियो । नेदरल्यान्ड्सले पनि इंग्ल्यान्डको यही रणनीतिमाथि जित निकाल्नुपर्छ । नेदरल्यान्ड्सले चालू प्रतियोगितामा प्राप्त ठूला प्रतिद्वन्द्वी नै इंग्ल्यान्ड हो । यसकारण यी दुई टोलीबीचको सेमिफाइनलमा रोमाञ्चकर्ताले भरिनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार