सुनको मूल्य फेरि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

उज्यालो प्रतिनिधि ८ असार २०८१, शुक्रबार अर्थ

काठमाडौँ ।   सुनको मूल्य फेरि बढेको छ । आज छापावाल सुन प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन आज प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।यसअघि गत जेठ २५ गते सुन हालसम्मकै उच्च मूल्य एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने सुनको मूल्य घटेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार