सगरमाथाको चुचुरोमा डिजे तेन्जिङले टेके पाइला

काठमाडौं । नेपालका पहिलो मध्येका एक डिजे तेन्जिङ शेर्पाले मे २१ मा सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किएका छन्।

उनले मे १७ मा ६ हजार ४०० मिटरको उचाइमा रहेको सगरमाथा क्याम्प २ मा डिजे पार्टी आयोजना गरेर सबैभन्दा उच्च उचाइमा भएको डिजे कन्सर्टका लागि गिनिज वल्र्ड रेकर्डको प्रयास गरे।

मार्चको अन्त्यमा उनले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेस्ट एक्सपेडिसन २०२४’ घोषणा गरेका थिए। उनका अनुसार अभियानको उद्देश्य व्यक्तिगत उपलब्धि भन्दा पनि यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजिएको हो।

‘नेपालका पहिलो डिजे भएकाले नेपालमा डिजे संस्कृतिको प्रवर्द्धन गर्नु मेरो पनि कर्तव्य हो, त्यसैले विश्व कीर्तिमान बनाउने प्रयास गरेको छु,’ उनले भने। यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले डिजे तेन्जिङले यस अभियानमार्फत जनचेतना अभिवृद्धि गर्ने प्रयासको प्रशंसा गरेका थिए।

मन्त्री तामाङले डिजे तेन्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उनको प्रयासमा सरकारको समर्थन जनाएका थिए। सोलुखुम्बुका बासिन्दा तेन्जिङले १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार