बौद्ध नयाँबस्तीमा अमिर दोङले किन गोली चलाए ? हेर्नुस् भिडियो

काठमाडौं । बौद्ध नयाँबस्तीमा तामाङ चलचित्रका महानायक अमिर दोङले एक समूहमाथि गोली चलाएका छन् । तर बास्तबिक जीवनमा नभइ म्युजिक भिडियोको अभिनयमा उनले गोली चलाएका हुन् ।

तामाङ सांगीतिक बजारमा यतिबेला ‘बौद्ध नयाँबस्ती’ बोलको गीतको चर्चा चलिरहेको छ । दोङ अभिनित उक्त गीतको म्युजिक भिडियोमा मोडल एलिना रायमाझीको नयाँ औतार देख्न पाइनेछ । भिडियोको सुरुवातमा नै दोङले एक समूह माथि गोली प्रहार गरेको दृश्य देख्न पाइनेछ ।

गैरकानुनी धन्द गर्ने समूह माथि प्रहरीले चलाएको स्टिङ अप्रेसनको कथामा तयार पारेको उक्त भिडियो डम्फू मिडिया प्रा.लि.को अफिसियल युट्युब च्यानलमा हालेको केही घन्टामा नै लाखौं दर्शकहरुले हेरिसकेका छन् ।

विशेषगरी नेपाली गीत संगीतमा देख्ने गरेकी मोडल एलिना राइमाझीले पहिलो पटक तामाङ भाषाको गीतमा अभिनय गरेर नयाँ अनुभव बटुलेकी छिन् ।

दोङ आफैले निर्देशन गरेको उक्त म्युजिक भिडियो एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका थिए । हाँस्यकलकार कुइसाङ रुम्बाको शब्द, च्वाईस दोङको स्वर तथा संगीत रहेको यस गीतको एरेन्ज जोगलाल लामाको रहेको छ । गीतमा दोङलाई सुमिना लोले स्वरमा साथ दिएकी छिन् ।

भिडियोमा दोङ र रायमाझी संगै कुइसाङ रुम्बा, सञ्जिब गोले, विशाल दोङ, डिवि रुम्बा, पेमा योञ्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार