नेपाल क्यान मुभले गर्‍यो डेलिभरी राइडरहरूलाई सम्मान

उज्यालो प्रतिनिधि ३ असार २०८१, आईतवार समाचार

काठमाडौं । लजिस्टिक कम्पनी नेपाल क्यान मुभ (एनसीएम) ले ‘राष्ट्रिय डेलिभरी राइडर्स डे’ मनाएको छ ।डेलिभरी राइडरहरूले प्रचण्ड गर्मी, कठ्याङ्ग्रिदो चिसो, अप्ठ्यारो सडक केही नभनी विभिन्न प्रतिकूलताका बावजूद सरसामग्री ढुवानी गर्ने भएकाले उनीहरूको परिश्रम र लगनशीलतालाई सम्मान गर्दै नेपाल क्यानले असार १ गतेलाई राइडर्स डेका रूपमा मनाएको हो।

“डेलिभरी राइडरहरू हाम्रो समाजको मेरुदण्ड हुन्। उनीहरूले लजिस्टिक र कुरियर सेवा प्रदान गर्न, ईकमर्स उद्योगलाई बढावा दिन र आम मानिसका जीवन सहज बनाउन महत्त्वपूर्ण भूमिका निभाएका छन्,” कम्पनीले जनाएको छ, “अप्ठ्यारो बाटो, खराब मौसम, व्यस्त ट्राफिकका बावजूद समयमै सरसामान ढुवानी गरी व्यवसाय र आम मानिसको जीवन सरल र सहज ढंगले चलायमान बनाउन उनीहरू कटिबद्ध छन्।”

‘सधैं खुशी बाँड्नेहरूलाई खुशी बाँडौं-डेलिभरी हिरोहरूलाई सम्मान गरौं’ भन्ने नाराका साथ नेपाल क्यानले यस वर्षको डेलिभरी राइडर्स डे मनाएको हो। यसक्रममा काठमाडौंका त्रिपुरेश्वर, तीनकुने, नयाँ बसपार्क, चक्रपथ र न्यूरोड क्षेत्रमा स्टलहरू राखी कार्यक्रम आयोजना गरिएको थियो। यी स्टल राइडरहरू भेला हुने स्थानका रूपमा खडा गरिएका थिए जहाँ उनीहरूले केही बेर आराम गरेका थिए भने नेपाल क्यानका तर्फबाट कदरस्वरूप उपहार प्राप्त गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार