नमो बुद्ध यूवा क्लवको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०८१, शनिबार समाचार

गोलबजार । सिराह जिल्ला गोलबजार नगरपालिका वडा नं. १० धर्मपुरमा नमो बुद्ध यूवा क्लवको सहकार्यमा वृक्षारोपण कार्यक्रम गरेको छ । स्थानीय युवराज लामाको सहयोगमा १६० थान आशेक विरुबा कुल्टो प्रजातिको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।  वृक्षारोपण कार्यक्रममा नमो बुद्ध यूवा क्लवका खेलाडीहरुले श्रमदान गरेर सहयोग गरेका थिए ।

 

स्वच्छ वायु, स्वच्छ जीवन तथा मुहान संरक्षणका लागि वृक्षारोपण भन्ने उदेश्य कार्यक्रम सुरुवात गरेको नमो बुद्ध यूवा क्लवको अध्यक्ष अमित लामाले बताए । लामाले रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने बताएका छन् ।

नमो बुद्ध यूवा क्लवले वन फँडानी विरुद्ध लड्न र जलवायु परिवर्तनका प्रभावहरूलाई न्यूनीकरण गर्ने सवालमा महत्व दिँदै आएको छ । रूख रोपेर, बृद्धि गर्ने, प्राकृतिक बासस्थान पुनर्स्थापना गर्ने, जलवायु परिवर्तनसँग लड्ने र स्थानीय समुदायहरूलाई दीर्घकालीन फाइदाहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

May be an image of 2 people, tree and grassMay be an image of 3 people and treeMay be an image of 1 person and grass

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार