सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो मूल्य ?

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०८१, शनिबार अर्थ

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत साताको तुलनामा यो साता सुनको मूल्य दुई हजार ८ सय रुपैयाँ बढेको हो ।

 

महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४२ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख ४१ हजार ५०० रुपैयाँ थियो ।

यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४५ हजार रुपैयाँ पुग्दा तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँ कायम छ ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । साताभरमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । योसँगै चाँदीको मूल्य प्रतितोला १९ सय पुगेको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार