मानपुर–डेडगाउँ सडक कालोपत्र

उज्यालो प्रतिनिधि २४ जेष्ठ २०८१, बिहीबार समाचार

तनहुँ । गण्डकी प्रदेशको गौरव आयोजनाका रूपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार जोड्ने सडकखण्डको आठ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट नवलपुरको डेडगाउँ सिमानासम्मको ११ किलोमिटर सडकमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिएको हो । बाँकी तीन किलोमिटर सडक कालोपत्र गर्ने तयारी भइरहेको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिए ।

नवलपुरको त्रिवेणीबाट मुस्ताङको कोरोला जोड्ने छोटो दूरीको सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । “पहिलो चरणमा ६ किलोमिटर सडक कालोपत्र गरी दोस्रो चरणको काम अघि बढाइएको छ”, इञ्जिनियर मिश्रले भने, “बाँकी सडक छिट्टै कालोपत्र गर्ने योजनाअनुरुप काम भइरहेको छ ।”

उक्त खण्ड स्तरोन्नतिका लागि २०७७ मङ्सिरदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट विनियोजन भएपछि निर्माण कार्य अघि बढाइएको हो । रु ३५ करोड १४ लाखको लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाखमा सडक कालोपत्रको ठेक्का पाएको थियो । कोरोनाको महामारीका कारण निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय प्रमुख कृष्ण आचार्यले बताए । उनका अनुसार सडकको चौडाइ सात मिटर रहेको छ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार