म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात व्यक्ति बेपत्ता

उज्यालो प्रतिनिधि २४ जेष्ठ २०८१, बिहीबार विश्व

याङ्गुन । म्यानमारको खानीमा गएको पहिरोमा परी दुई चिनियाँ नागरिकसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको खानीमा कार्यरत एक कामदारले बताए ।चीनसँग सीमा जोडिएको कचिन राज्यको पाङ्वामा रहेको खानीको केही भाग मङ्गलबार बिहान खसेको खानीमा काम गर्ने कामदारले बताएका छन् ।

उनीहरूका अनुसार ‘पहिरोका कारण पूरै पहाड झरेको, ठूलाठूला रूख ढल्दा निकै ठूलो जङ्गली क्षेत्र कटान भएका र कम्तीमा पाँच जनाको मृत्यु भएको साथै सात जना हराइरहेका छन्’ ।उद्धारकर्ताले दुई चिनियाँ नागरिक, दुई सुरक्षाकर्मी र एक कामदारसहित पाँच जनाको शव फेला पारेको स्रोतले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले खानीबाट पाँच जनाको मृत्यु भएको र कम्तीमा २० जना हराइरहेका बताएका छन् ।म्यान्मारको सुदूर उत्तरमा मूल्यवान् पथ्थर, सुन र काठजस्ता अन्य प्रचुर प्राकृतिक स्रोतहरूको खानी रहेको कचिन राज्यमा यी प्राकृतिक स्रोत जातीय कचिन विद्रोही र म्यान्मारको सेनालाई दशकौँ लामो गृहयुद्धका क्रममा आकर्षक आम्दानीको रूपमा रहेका छन् । यो क्षेत्र इलेक्ट्रिक साधनहरूमा प्रयोग हुने चुम्बकको खानीका लागि पनि प्रसिद्ध छ ।ग्लोबल विटनेसले गत महिना स्याटेलाइट इमेजरीलाई उद्धृत गर्दै पाङ्वा शहरको वरपर ३०० भन्दा बढी खानी स्थलहरू रहेको बताएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार