राससकर्मी ढकाललाई वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार

उज्यालो प्रतिनिधि २३ जेष्ठ २०८१, बुधबार समाचार

काठमाडौँ । राष्ट्रिय समाचार समिति(रासस) की उप–समाचारदाता प्रगति ढकाल रु ५० हजार राशिको ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ ।

छापा सञ्चारमाध्यममा रही वातावरण संरक्षण एवं संवद्र्धनका पक्षमा जनचेतना जगाउन महत्वपूर्ण योगदान पुर्‍याएबापत राससकी उपसमाचारदाता ढकाल पुरस्कृत हुनुभएको वातावरण विभागले जनाएको छ ।

विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उपसमाचारदाता ढकालसहित चारजना पत्रकार पुरस्कृत हुनुभएको हो । उपसमाचारदाता ढकालले एक दशकदेखि वन तथा वातावरणका मुद्दामा सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको छ । राससकर्मी ढकाल यसअघि ‘मिडिया इन कन्जरभेसन अवार्ड’, सामुदायिक वन पत्रकारिता पुरस्कार, नेपाल वातावरण पत्रकार समूह(नेफेज)द्वारा प्रदान गरिने वातावरण पत्रकारिता पुरस्कार तथा वन तथा वातावरण मन्त्रालयबाट प्रदान गरिने उत्कृष्ट वातावरण संरक्षण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार