तामाङ भाषाको पाठ्यपुस्तक सम्भोटा लिपीमा प्रकाशन गर्न मन्त्रालयको स्वीकृति

उज्यालो प्रतिनिधि २३ जेष्ठ २०८१, बुधबार उज्यालो फोकस

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तामाङ भाषाको पाठ्यपुस्तक सम्भोटा लिपिमा प्रकाशन गर्न स्वीकृति प्रदान गरेको छ ।

राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको छ ।

पाठ्यक्रम विकास केन्द्रको स्थानीय तहबाट ऐच्छिक विषयका रुपमा विकास गरिने सम्भोटा लिपिका विद्यालय तहको पाठ्यपुस्तकमा राष्ट्रिय अभिलेखालयबाट प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक प्रकाशित गर्न सकिने गरी सोमबार शिक्षा मन्त्री सुमना श्रेष्ठले स्वीकृति दिएकी हुन् ।

नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि प्रतिष्ठानलगायतले देवनागरी लिपि र सम्भोटा लिपिलाई छाँटकाँट गरी २४ वटा वर्णमाला बनाई पाठ्यक्रम तयार गरेका थिए ।

तामाङ समुदायका अभियन्ताहरूले यस पुस्तकबाट आगन्तुक शब्दहरू लेखन कार्य गर्न नसक्ने भएकोले यसलाई सच्याइ पाऊ भनी निवेदन दिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार