आशमान वाइबाद्वारा अभिनीत म्युजिक भिडियो ‘आफ्नै धड्कन’ सार्वजनिक

उज्यालो प्रतिनिधि २० जेष्ठ २०८१, आईतवार कला मनाेरञ्जन

काठमाडौँ । बागमती प्रदेश चलचित्र सङ्घका अध्यक्ष आशमान वाइबाद्वारा अभिनीत म्युजिक भिडियो ‘आफ्नै धड्कन’ सार्वजनिक भएको छ । शनिवार चलचित्र विकास बोर्डको सभा हलमा पत्रकार सम्मेलन गरी सो गीत सार्वजनिक गरेका हुन् ।गीतमा वरिष्ठ गायक स्वरूपराज आचार्यको स्वर रहेको छ ।

वरिष्ठ गीतकार एवं नेपाल प्रहरीका एआइजी टेक तामाङको शब्द रहेको गीतमा पावल चाम्लिङ राईको सङ्गीत र चाँद सिंहको सङ्गीत संयोजन रहेका छन् । निकेश खड्काद्वारा निर्देशित भिडियोमा माया पिरतीसँग बिछोडिएको पीडा प्रस्तुत गरिएको छ । प्रेमिल भावले ओतप्रोत भए तापनि यससँगै प्रेममा उत्तरचढाव भइरहन्छ । सारा संसार भुलेर सच्चा माया गरे पनि प्रेमिकाकै अगाडि अर्को अँगालेपछि बिछोडिएको पीडा प्रेमी वाइबामार्फत देखाइएको छ ।

भिडियोमा आशमान वाइबा, नायिका केकी अधिकारी, सनम कठायतले फिचरिङ गरेका छन् ।भिडियोलाई कला निर्देशक मनिक पाख्रिन र छायाङ्कन उत्तम हुमागाई, क्यामेरा टीममा युवाराज हुमागाईँ, गोकुल हुमागाईँ, मित्रनाथ योगी, रामप्रसाद हुमागाईँ र सम्पादन विकास धमलाले गरेका हुन् । सह छायाँङ्कन कुलप्रसाद हुमागाईले गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार