देउखुरी । राष्ट्रिय शिक्षा दिवसमा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा गोरखा मोडेल सेकेण्डरी स्कुल लमही सर्वोत्कृष्ट भएको छ । सर्वोत्कृष्ट भएका शिक्षक, विद्यार्थीहरुलाई लमही नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
माध्यामिक विद्यालयतर्फ यम प्रकाश डांगी (बिज्ञान), शिव नारायण चौधरी (सामाजिक), खेमराज कोइराला (गणित), बिशाल थापा(अंग्रेजी)शिक्षकका रुपमा उत्कृष्ट हुनु भएको छ । त्यसैगरी आधारभूत तर्फ समीर विक (गणित)र अन्नत खड्का (सामाजिक)शिक्षकमा उत्कृष्ट हुनु भएको छ ।
त्यसैगरी माध्यामिक विद्यालयतर्फ लमही नगरपालिका प्रथम कमल थापा, लमही नगरपालिका दोस्रो रितु चौधरी र लमही नगरपालिका तृतीय रिजन भणडारीलाई सम्मान गरिएको छ । आधारभुत विद्यालयतर्फ आयुस सुवेदी लमही नगरपालिका प्रथम हुनु भएको छ ।
समग्र लमही नगरपालिकाको प्रतिनिधित्व गर्दै गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीका छात्ररछात्राले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थुप्रै जित हासिल गर्दै लमही नगरपालिकालाई तृतीय स्थानमा पुर्याउन सफल भएका थिए ।
एथलेटिक्सतर्फ १०० मिटर दौडमा क्षितिज एमसी प्रथम, २०० मिटर दौडमा क्षितिज एमसी प्रथम र एमसी समग्रमा उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए । ४०० मिटर दौडमा सुमन चौधरी दोस्रो, कराँते प्रतियोगितामा बसन्त भैया मगर दोस्रो र कराँते प्रतियोगितामा मिनाक्षी विक तृतीय हुनु भएको छ । ४ ह ४०० रिले दौडमा सिरेस विक, सुमन चौधरी, चिरञ्जीवी चौधरी, प्रबिन चौधरी प्रथम हुनु भएको छ । त्यसैगरी ४ ह १०० रिले दौडमा
क्षितिज एमसी, सुमन चौधरी , बासुदेव चौधरी , प्रबिन चौधरी प्रथम हुनु भएको छ । भलिबल खेलमा अन्जु सुनार, शृजना गौतम, मिना चौधरी, निशा जिसी तृतीय हुनु भएको छ ।।