बुटवल । अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसले गणतन्त्र दिवसको अबसरमा शुभकामना आदानप्रदान तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
पहिलेको जरजर अबस्था पार गरि अहिले यो अबस्थासम्म आइपुगेको र अब समाजबादी दिशा तिर अग्रसर हुनुपर्ने कुरा मनत्व्यको क्रममा क्यापसका इकाइ अध्यक्ष शिव खबासले बताएका थिए ।
सँगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शौरभ भुसाल प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला अध्यक्ष कपिल चापागाई विशिष्ट अतिथि रहेका थिए भने केन्द्रीय सदस्य हिमाल खनाल ,सागर न्यौपाने ,गगन रेश्मी,माधव बेलवासे ,विराज चालिसे लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुसालले १० वर्षे महान जनयुद्ध र आन्दोलनको बलमा स्थापित जहानिय राजतन्त्रको अन्त्यगरी सङ्घिय गणतन्त्र घोषणा भएको मुलुक हो अब यस्लाइ हामी सबै मिलि यसलाई सस्थागत गर्नुपर्छ भनेका थिए त्यसै गरि कार्यक्रमका बिशिस्ट अतिथि कपिल चापागाईंले गणतन्त्रको अबसरमा दिप प्रज्वलन गरेर मात्र उत्सबको रुपमा नमाइ यस्लाइ जुन सबै नेपालीहरुको बलिदानीबाट सिर्जित यस गणतन्त्रलाई हामिले सस्थागत गरि घाइते अपांग,बेपत्ता परिबारका सदस्यहरुको उच्च मुल्यांकन हुन जरुरी रहेको कुरा बताएका थिए । शिव खवासको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सँगठनका इकाइ सचिब किरण महताराको संचालन रहेको थियो ।