चिसापानीमा यात्रुबाहक बस दुर्घटना

शिवु खनाल १६ जेष्ठ २०८१, बुधबार समाचार

देउखुरी । देउखुरीको चिसापानीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बिहीबार दिउँसो १२:३० बजे कोइलाबास देखि लमही तर्फ जाँदै गरेको रा १ ख ८३३ बस चिसापानी नजिकै ब्रेकफेल हुदाँ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

बसमा सवार यात्रुहरू सबै सामान्य घाइते रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीले जानकारी दिए। बसमा सवार यात्रुहरू प्रायः स्वर्गद्वारी दर्शनको लागि गन्तव्यमा हिडेको बुझिएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।

बस र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीले जानकारी दिए । गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष खालिक सिद्दिकि, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्मका गुल्मपति अर्जुन पौडेल र इलाका प्रहरी कार्यालय कोइलाबासका प्रहरी प्रमुख कुमार केसीले घाइतेहरूको उद्दार गरि उपचारको लागि लमही अस्पतालमा पठाएका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार