काठमाडौं । गायक सन्दिप स्याम्चेन तामाङको शब्द रचनामा रहेको लोक दोहोरी गीत ‘बाजेको पालैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भाइरल गायिका देवीसरा विश्वकर्मा र सुकदेव अधिकारीको स्वरमा रहेको उक्त गीतले अहिले चर्चा कमाइहेको छ।
पिके म्युजिक क्रियसन युट्युवबाट सार्वजनिक सो गीतलाई सन्तोष सुवेदीले संगीत भरेका छन् भने कृष्ण लामिछानेले एरेन्ज गरेका हुन्। भिडियोमा रेनुका आले मगर र जोन बमको अभिनय रहेको छ। दिनेश ठकुल्लाको निर्देशनमा रहेको उक्त भिडियो अनिल विष्टले सम्पादन गरेका हुन्। भिडियोलाई नरेश अएरले छायाँकन गरेका हुन् भने नृत्य निर्देशकमा सन्देश रिमाल छन्।
विगत एक दशक भन्दा लामो समयदेखि गीत संगीतको क्षेत्रमा लागिरहेका सन्दिप स्याम्चेन तामाङले थुप्रै गीतमा स्वर दिएका छन् भने म्हेन्दोमाया, लोक दोहोरी,पप र आधुनिक गीतहरु लेख्दै आएका छन्।