लमही । वडा प्रहरी कार्यालय लमहीले प्रतिबन्धित लागु औषध सहित चारजनालाई लमहीबाट पक्राउ गरेको छ ।
साेमबार दिउँसो १ बजे लमही नगरपालिका वडा नम्बर ५ लमही बजार स्थित दिपेश डाँगीको घरबाट १ सय ६० मिलिग्राम लागु औषध (खैरो हिरोईन) जस्तो देखिने खैरो धुलो पदार्थ, लागु औषध सेवन गर्न प्रयोग गर्ने औजार र नगद २८ हजार ७ सय ७० रूपैयाँ सहित चारजनालाई प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुषालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा लमही नगरपालिका वडा नम्बर ५ निवासी २८ वर्षिय रोमन बुढा मगर, १९ वर्षिय विशाल विक, १९ वर्षिय दिपेश डाँगी र गढवा गाउँपालिका वडा नम्बर ८ स्थायी वतन भई हाल लमही नगरपालिका वडा नम्बर ५ निवासी २१ वर्षिय मोहम्मद आमिर रंग्रेज रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा जिल्ला अदालत दाङबाट सात दिनकाे म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रमुख भुषालले जानकारी दिए ।






