देउखुरी । हाडबासका अग्निपीडितहरुलाई राहत वितरण गरिएको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँमा गत बैशाख १६ गते आगलागी हुँदा २४ घरगोठ जलेर नष्ट भएको थियो । स्थानीय सीता भण्डारीकाे घरबाट सुरु भएको आगोले २४ घरपरिवार घरबारविहिन भएका छन् ।
बिहिवार एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दाङले राहत लिएर हाडबास गाउँ पुगेर राहत वितरण गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दाङका अध्यक्ष झक्कु प्रसाद केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार २५ वटा गाग्री, ५ लिटरको २५ वटा प्रेसर कुक्कर, १४ दर्जन शैक्षिक सामाग्री कापि कमल, ४६ थान थाल वितरण गरिएको हाे ।
राहत वितरण कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारीहरूकाे उपस्थितिमा राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीलाई हस्तान्तरण गरिएको थियोे ।