देउखुरी । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको सालको बोट । यस बोटलाई राजा साल पनि भनिन्छ । निकै नै सुन्दर र आकर्षक यो सालको बोटलाई राजा सालको बोट पनि मानिएको छ ।
यसको अनुमानित गोलाई १६.२ फिट र उचाइ १०० फिट छ । डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल वन अधिकृत राजु क्षेत्रले गत आइतवार यस बोटको निरिक्षण तथा अवलोकन गर्नुभएको छ । यो रुख प्रख्यात भएपछि हाल यस ठाउँको नाम पनि राजा साल रहन गयो ।