देउखुरी । देउखुरीकाे राजपुरमा एकजना जनप्रतिनिधि माथि धारिलो हतियार प्रहार भएको छ । मंगलबार राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक विष्टलाई एकजना सादुले धारिलो हतियारले प्रहार गरि घाइते बनाएका हुन् ।
राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टि निवासी २० वर्षिय बिजय नेपाली (सादु)ले वडाध्यक्ष विष्ट आफ्नाे कार्यालय भित्र कार्यकक्षमा बसिरहेको बेला करिब ४:३० बजे एक्कासि छातिकाे देब्रे भागतिर धारिलो हतियार भाला प्रहार गरेका हुन् ।
वडाध्यक्ष घाइते भइ उपचारको लागि लमही अस्पतालमा पुर्याइएकाे स्थानीय भिम वलीले जानकारी दिनुभयाे । उहाँका अनुसार वडाध्यक्षकाे छातिमा चाेट रहेको छ । सादुलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाए गढवा प्रहरीले जनाएको छ ।