सीमावर्ती वासिन्दाको समस्या बुझ्दै प्रजिअ सुबेदी

शिवु खनाल ८ जेष्ठ २०८१, मंगलवार समाचार

देउखुरी । दाङको प्रहरी प्रशासनले नेपाल र भारतका सीमावर्ती क्षेत्रका स्थानीयसँग भेटेर उनीहरुको समस्या बुझेका छन् । दाङका प्रमुख जिल्ला अधिकारी, प्रहरीलगायत सुरक्षा प्रमुखहरु नेपाल–भारत सीमासम्मै पुगेर जनताका समस्याबारे बुझेका हुन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले भारतसंग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नाकाबासीहरुको समस्याका बारेमा चासो राख्नु भएको हो ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्रको स्थलगत अवस्था अध्ययन सुरु गरिएको हो । छिट्टै हुने नेपाल–भारत बैठकमा सीमा र सीमावर्ती क्षेत्रका बासिन्दाको अवस्थाका बारेमा छलफल गर्ने तयारीस्वरुप प्रमुख जिल्ला अधिकारी रामबन्धु सुेबदी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसी, डिएसपी जनक बहादुर मल्ल लगायतको टोलीले सोमबार राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका लगायतको क्षेत्रको वस्तुस्थिति बुझेका छन् । काउन्टर पार्टको हाम्रो अर्को बैठक भारतमा हुँदैछ । त्यहाँ सीमाको सुरक्षाका अवस्थाबारेमा हामीले एजेन्डा प्रस्तुत गर्दैछौं, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले भने,–। ‘त्यही तयारीस्वरुप जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रको अवस्था अध्ययन गर्ने क्रम सुरु भएको छ ।’

अपराध न्यूनीकरणका लागि सीमा क्षेत्रमा निगरानी बढाउन निर्देशन

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले दाङ जिल्लाका सीमावर्ती क्षेत्रमा निगरानी बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । सोमबार नेपाल–भारत सीमावर्ती क्षेत्रको स्थलगत अवलोकन तथा निरिक्षण गर्दै प्रमुख जिल्ला अधिकारी सुबेदीले प्रहरी अधिकृत तथा जवानहरूलाई यस्तो निर्देशन दिनुभएको हो ।भारतसँगको खुल्ला सिमानाका कारण जिल्लामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न अहोरात्र प्रहरी तैनाथ रहनुपर्ने प्रजिअ सुबेदीको भनाइ छ । खुला सीमाका कारण नाकामा हुने अपहरण, विस्फोटक पदार्थको ओसारपसार, मानव बेचबिखन, हातहतियार ओसारपसार, जाली नोटको कारोबार, लागू औषध ओसारपसार, भन्सार छली गरी चोरी निकासीजस्ता आपराधिक गतिविधि हुने गरेकोले निगरानी बढाउनुपर्नेमा उनको जोड थियो ।

नेपाल–भारत सीमा अनुगमन

भारतसंग सीमा जोडिएको दाङको सुरक्षा निकायले राजपुर गाउँपालिका अन्तरगत पर्ने नेपालको भैसाहीँनाका सीमाक्षेत्रको अनुगमन गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्थरीनाका देखि पश्चिम भौवानाकासम्म सीमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार विभिन्न सीमा नाकाका सीमास्तम्भ, सीमास्थित सशस्त्र प्रहरी बलका बोर्डर अब्जरभेसन पोस्ट (बिओपी), स्थानीय प्रहरी चौकीको अनुगमन गरिएको हो । अनुगमनका क्रममा भारतबाट नेपाली सीमाक्षेत्रमा प्रवेश गर्नै सवारी साधनको आवतजावत, लागू औषध कारोबारको अवस्था, गैरकानुनी ढङ्ले हुने आयात–निर्यातलगायतको निरीक्षण गरिएको प्रहरी प्रमुख केसीले बताए । उनले भने,–। ‘पहिला जस्तो भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सीमाक्षेत्रका नेपालीबिच चाहिँ ठुलो समस्या पाइएन तर सीमा क्षेत्रका नेपालीहरूले धेरै किसिमका समस्या भने भोगिरहेका छन् । नेपालतर्फको बजार टाढा, नेपालतर्फबाट सहज यातायातको पहुँच नहुनु आदि कारणले पनि भारतको भरपर्नुपर्ने बाध्यता त्यहाँ छ ।’ जिल्लाभित्र पर्ने ८५ किलोमिटर भूभाग भारतसँग जोडिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसी, डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख राजु क्षेत्री, डिएसपी जनक बहादुर मल्ल, राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलि, सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रमुख रमेश कुमार थापा, राष्ट्रिय अनुसन्धा केन्द्र दाङका प्रमुख रमेशसिंह डाग, इलाका प्रहरी कार्यालय गढवाका प्रमुख कालिका कार्की, चङ्गुवा प्रहरी चाैकिका प्रमुख शत्रुघन उपाध्याय लगायत पत्रकारको टाेलीले भारतसँग सिमा जाेडिएकाे दाङकाे सीमावर्ती क्षेत्रकाे अवलोकन तथा निरिक्षण गरेकाे हाे ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार