सिरहाको गोलबजार धर्मपुर १० मा साँस्कृतिक कार्यक्रम हुँदै, चर्चित गायक उर्गेन दोङ आउने

उज्यालो प्रतिनिधि ७ जेष्ठ २०८१, सोमबार समाचार

सिरहा । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती जेठ १० गते परेका छन्।भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाऊँने गरेका छन्।यसैगरी बुद्ध जयन्तीको अवसरमा श्री टाँसी ध्येछेलिङ् गुम्बा समितीले सिरहाको गोलबजार नगरपालिका वडा नं १० धर्मपुरमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रम आयोजनक समितीका सदस्य स्याम डुम्जनका अनुसार विगतमा कार्यक्रम आयोजना गर्दै आएको थियो र सबैको सरसल्लाह र सहयोगका कारण यसपालि पनि कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा राष्ट्रिय स्तर र स्थानीय कलाकारहरुले प्रस्तुति दिने डुम्जनले बाताए।
कार्यक्रममा चर्चित गायक उर्गेन दोङ,गायक लोकेन लामा र स्थानीय कलाकार अभिषेक बराईली लगायतको प्रस्तुति रहनेछ।

लुम्बिनीमा जन्मेका सिद्धार्थले बोधगयामा बुद्धत्व प्राप्त गरी सारनाथमा पाँचजना भिक्षुलाई उपदेश दिएर शुरु गरेको (धर्मचक्र प्रवर्तन) बौद्ध धर्म अहिले विश्वका प्रमुख धर्महरूमध्ये एक भएको छ।बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार