जग्गा हड्प्नलाई माननिय विन्दु कुमार थापाको दादागिरी

उज्यालो प्रतिनिधि ३१ बैशाख २०८१, सोमबार समाचार

कास्की । प्रदेश माननिय विन्दुकुमार थापाले सस्तो मूल्यमा जग्गा हड्पनलाई सर्वसाधारणलाई दुख दिने गरेको खुल्नमा आएको छ। आफुलाई नेपाली कांग्रेसको नेता बताउँदै आएका थापाले पदको दुरुपयोग गर्दै सस्तोमा जग्गा लिने र महँगोमा बेच्दै आएको कुरा खुल्नमा आएको छ । पोखरा लेखनाथ – २९ मा पर्ने करिब ६ रोपनी जग्गा सस्तोमा लिने क्रममा विवाद भएपछि जग्गा धनि लाई प्रहरी लगाएर फसाउने घम्की दिदै आएका थिए । यसै विवादलाई मुद्दा बनाएर जग्गा धनिका भाई सागर रानाभाटलाई सस्तोमा जग्गा नबेचेको झोकमा प्रहरी प्रशासनलाई हातमा लिएर फसाउने नियतले घरमा हतियार छ भनि प्रहरिलाई गलत सुचना दिएर करिब ४ गाडि प्रहरी रानाभाटको घरमा पठाई खानतलासि गर्न लगाएको र करिब अन्दाजी ३० जना जतिको समुहमा रहेका प्रहरीले करिब दुई घण्टा खान तलासि गरेपनि केहि नभेट्टाएको प्रहरीले बताएको छ ।

खानतलासि गरेर नपुगेपछि पुलिस प्रशासनलाई प्रलोभनमा पारि रानाभाटलाई अभद्र व्यवहारमा मुद्दा चलाउन विभिन्न शक्ति केन्द्रबाट दबाब दिन लगाएको कुरा पिडित रानाभाटको घरमा रहेकी आमाले बताईन । आफुलाई पोखराको धनि बताउँदै आएका उनिले समय समयमा पैसा र पावरको दुरुपयोग गर्दै आएको गुनासो सर्वसाधारण जनताले बताउँदै आएका छन् । शक्तिको अगाडि प्रहरी प्रशासन निरिह रहेकोले आफ्नो छोरालाई न्याय दिलाउन पिडितकी आमा न्याय खोज्नका लागि भौतारि रहेकी छिन् । नेपाल विधार्थी संघका केन्द्रिय सदस्य समेत रहेका रानाभाट अहिले पनि हिरासतमा नै रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार