सुस्तामा ट्रयाक्टर दुर्घना एकको मृत्यु एक जना घाइते

उज्यालो प्रतिनिधि २८ बैशाख २०८१, शुक्रबार समाचार

रबिन्द्र यादव / पश्चिम नवलपरासी । सुस्तामा ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने दुर्घटनामा एक जना घाइते भएका छन् ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ३ बिगेट स्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगंजतर्फ जाँदै गरेको लु ३ त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टँदा सुस्ता गाउँपालिका वडा नं ५ का १३ वर्षका रोहित कंकरको मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कंकरको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब निरीक्षक एवम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

दुर्घटनामा सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीका बस्ने २१ वर्षका सुकई मल्लाह घाइते भएका छन् । घाइतेको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार