अर्जेन्टिनामा डेंगु विरुद्धको खोप अभियान सञ्चालन

उज्यालो प्रतिनिधि २८ बैशाख २०८१, शुक्रबार विश्व

ब्यूनस आयर्स । अर्जेन्टिनामा यस वर्ष डेंगुका चार लाख २० हजार भन्दा बढी केस भेटिएपछि डेंगु लक्षित खोप अभियान घोषणा गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय खोप आयोग ९कोनेन० को सिफारिसको आधारमा र महामारी विरुद्धको व्यापक रणनीतिको एक भागको रूपमा प्रभावित क्षेत्रलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

मन्त्रालयले डेंगु अति प्रभावित जिल्लाहरूमा १५ देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई चरणबद्ध रूपमा खोप अभियानमा समेटिने बताएको छ ।

मे ५ मा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार अर्जेन्टिनाले यस वर्ष हालसम्म देशका २४ जिल्लामध्ये १९ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका कारण चार लाख २० हजार आठ सय ६७ जनामा डेंगु लागेको र दुई सय ९१ जनाको मृत्यु भएको छ ।

एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग डेंगु भएपछि सामान्यतया टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महसुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता हुने जस्ता लक्षण देखा पर्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार