देउखुरी । आगलागीका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा जस्तापात कुरिरहेका हाडबास गाउँमा बुधवार विहान परेको पानीले थप जोखिम थपेको छ । आगलागीले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ । गाउँपालिकासँग राहतस्वरुप जस्तापाता जति पटक माग्दा पनि पाइएको छैन । अग्निपीडित खिमलाल खत्रीका अनुसार बाहिरबाट हेर्दा सग्लो घर देखिए पनि बस्न लायक कुनै पनि घर छैनन् । बुधवार विहानदेखि परेको पानीले प्रभावितलाई थप पीडा दिएको छ । राहत मागेर जसोतसो घाम पानी छेक्नसक्ने बनाएको छाप्रो वर्षात्ले चुत्रुकै रुझेपछि अग्निपीडित खिमलाल खत्रीका परिवारको बिचल्ली भएको छ । उनीहरुले बस्नका लागि घर बनाउन सक्नु भएको छैन । पुनस्र्थापनाको टुङ्गो नभएको उनले बताए । गत आइतवार १६ गते गाइघाट सामुदायिक वनबाट सल्केको आगो बस्तीमा पस्दा हाडबास गाउँका २३ घर पूर्णरुवमा जलेर खरानी भएको थियो भने एक घर आंशिकरुपमा क्षती पु¥याएको हो । पानी परेपछि राहतमा पाएको टहरो छाडेर हाडबासवासी सुरक्षित ठाउँको खोजीमा जंगलतिर निस्कन्छन् । ओढ्ने प्लास्टिक लिएर गाउँले बास खोज्दै जंगल पुगेको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँका अग्निपीडित खिमलाल खत्रीले बताए।
हामी कहिल्यै घरमा बस्न नपाउने भयौँ, उनले भने,–। ‘आगलागीले घर निल्यो, सहेकै हो । राहतमा पाएको त्रिपालको टहरो बनायौँ । बुधवार आएको पानीले टहरो बगाउला जस्तो भयो । अब कहाँ जाने रु’ गाउँको दुवैतर्फबाट ठूला पहिरो झर्नुअघि हाडबासवासी सुरक्षित ठाउँमा स्थानान्तरण हुन चाहन्छन् । वर्षातेले अग्निपीडितका टहरा मात्रै होइन, वर्षात्ले पहिरोको उच्च जोखिममा परेपछि बास खोज्दै गाउँले जंगल पस्नुपरेको हो । आगोले चर्केको जमिनमा भल पसेपछि जताततै पहिरो झर्न सुरु गरेको गाउँले बताउँछन् । वर्षात्ले गर्दा हाडबास गाउँ अन्यत्रै सार्नुपर्ने देखिएको छ । तर स्थानिय पालिका र प्रशासनले जोखिमयुक्त पहिचान भएका बस्ती सुरक्षित ठाउँमा सार्न आलटाल गरिरहेको छ, पहल गरेको छैन । गाउँ पुगेका सरोकारवाले हाडबास वासीहरुलई बर्खाअघि नै सुरक्षित ठाउँमा सर्न सुझाव दिएका थिए । गाउँलाई अन्यत्रै सुरक्षित ठाउँ खोजेर सार्न आग्रह गर्दै लुम्बिनी प्रदेशका सांसद इन्द्रजीत थारुको नेतृत्वको टोलीले स्थानीय प्रशासनमा जानकारी पनि गराएको हो । तर बस्ती सार्न आलटाल भएपछि गाउँले जोखिमयुक्त ठाउँमै बस्दै आएका छन् । कुन बेला पहिरो झरेर अस्थायी टहरा बगाउने हो भन्ने त्रासमा गाउँले छन् ।
दिनभर पुनस्थापनाका लागि बल्लाबल्ली काट्न गएका गाउँले साँझपख पानी दर्केपछि टहरो छाडेर जंगलतिर जानुपर्ने बाध्यता रहेको छ । वर्षात्को समयमा सबैभन्दा ठूलो चिन्ता भनेको यी स–साना बालबच्चाहरूको छ । ठूलै पानी प¥यो र हुरी बतास चल्यो भने हामी कहाँ जाऔँ, के खाऔँ र के लाऔँ भन्ने चिन्ताले सताईरहेको छ, हाडबास गाउँका अग्निपीडित सिता भण्डारीले भने,–। ‘आफन्तहरूलाई मात्र कत्ति दुःख दिने एकातिर आफूहरूको मन मान्दैन । हामी गरिब, दुःखियालाई सधैँ दुःखै मात्र आउने रहेछ । सबैको आ–आफ्नै दुःख छ । कसैको आगोले गर्दा घर घरबास बिहिन भइ कहाँ बस्ने, के खाने, के लाउने भन्ने समस्या छ भने कसैलाई अस्थायी रूपमा अर्काको जग्गामा गएर अस्थायी बसोबास गर्न बाध्य छन् ।’ यहाँ जिम्मेवारी स्थानिय सरकारको भएर पनि उचित व्यवस्थापन गर्न सकिरहेको छैन । नेताहरू भाषण दिनमा माहिर छन् । भाषण दिएर आफ्नो वाहवाही र एउटा आश्वासन बाहेक अरू खासै केहीँ भएको देखिँदैन, हाडबास गाउँका अग्निपीडित करिष्मा केसीले भने,–। ‘राहत लिएर हाडबास गाउँ आउँदा सांसद मेटमणी चौधरीले भाषण दिनेबेला बोल्नु भएको थियो, आगलागीबाट पीडित भएका हाडबासका जनतालाई मनसुन अगावै सबैलाई सुरक्षित अस्थायी बासस्थानको व्यवस्था गर्ने भाषण ठोके तर सबै कुरा बोले जस्तो हुँदैन रहेछ यहाँ ।’
यदि आफूले बोलेसरह गरेर देखाउन सकेको भए आज हाडबास गाउँका जनताको यो बिचल्ली हुने थिएन । भनिन्छ, हरेक कुरामा दुई पक्ष हुन्छ एउटा राम्रो पक्ष र अर्को नराम्रो पक्ष । यस्तै भएको छ यसपालीको मनसुन पनि । एकातिर पानी परेर किसानहरूलाई रोपाईं गर्ने वातावरण श्रृजना भएसँगै खुसी छन् त अर्कातितर विनाशकारी आगलागीले आफ्नो कर्मथलो नै सखाप पारेपछि बल्ल तल्ल पाएको अस्थायी बासस्थानमा पनि मनसुनले क्षति पु¥याएको हाडबास गाउँका अग्निपीडत इन्द्रबहादुर वलीले बताए । उनले भने,–। ‘दिनरात पानी परेपछि सुत्ने त कुरै छोडौं । आफूलगायत परिवारमा के बित्ने हो भन्ने डर र चिन्ताले ग्रसित छ । त्यसैले कसैको लागि यो मनसुन बरदान भएको छ भने त कसैको लागि हर्ष न विमात ।’
अग्निपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या
आगलागीबाट प्रभावित हाडबास गाउँका नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो । राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीका अनुसार एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ । ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेको वडाध्यक्ष वलीले जानकारी दिए । उनले अग्निपीडितका आधारभूत आवश्यकता परिपूर्ति गर्न निरन्तर लागि परेको बताए । ‘एकैपटक सबै कुरा गर्न गाह्रो छ तथापि प्रतिपरिवार एउटा त्रिपाल र कम्बल दिएका छौँ,–। उनले भने,–। ‘एक÷एक थान त्रिपाल र कम्बलकै साहारामा रात कटाउनु पर्दा सिरेठो जाडोले ज्येष्ठ नागकि, बालबालिका र सुत्केरीमा दम, रुघाखोकी, निमोनिया, ज्वरो, झाडापखाला लगायत स्वास्थ्य समस्या देखिन थालेको छ ।’