हाडबास गाउँ पुननिर्माणमा प्रदेश सरकारको प्राथमिकता : सांसद थारु

शिवु खनाल २२ बैशाख २०८१, शनिबार समाचार

देउखुरी । लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजीत थारूले अग्निपिडित डढेलो प्रकोपलाई रोक्न दिर्घकालीन सोचका साथ अघि बढनुपर्ने बताएका छन् । गत आइतवार भएको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासमा गाउँमा अग्निपिडितलाई भेटघाट गर्दै सदस्य थारूले वर्षेनी आगलागीबाट आउने समस्याको ठोस सामाधानको लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार एक भएर प्रभावकारी नितिका साथ अघि बढ्नु पर्ने बताए।

शनिबार सदस्य थारूले हाडबास गाउँमा पुगेर अग्निपिडितलाई भेटघाट गरि आगलागी भएको स्थानको निरीक्षणपछि बोल्दै हाडबास गाउँ वनजंगल नजिकै रहेकोले हाडबासवासीले ठूलो समस्या झेलिरहेको बताउनुहुदैँ, बस्ती व्यस्थित गर्न प्राधिकरण गठन गरी अघि बढ्नुपर्ने कुरामा जोड दिए । उनले भने,–। ‘ आगलागीले हाडबास गाउँ ध्वस्त भएको छ, तपाईहरु घरबारबिहीन हुनुभएको छ, प्रदेश स्तरीय दैवीप्रकोप कोषबाट हाडबासका अग्निपीडितका लागी बजेट उपलब्ध गराइ क्षति भएका घरहरु पुर्नस्थापना गर्छु ।, पीडितसँग कुरा गर्दै सांसद थारुले भने,–। ‘खानेपानी आयोजना सञ्चालन गर्ने, हाडबास गाउँको पुननिर्माणमा सरकारले प्राथमिकता पुर्नस्थापनाको व्यवस्था गर्ने कुरा पनि म यहाँहरुको बीचमा अवगत गराउँछु ।’

अग्निपिडितको उपस्थितिलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएका थारूले हाडबास गाउँका अग्निपिडित लुम्बिनी प्रदेश सरकारले घटना घटेलगत्तै त्रिपालसंगै राहतका सामाग्री पठाएको जानकारी गराउदै, लुम्बिनी प्रदेश सरकारले पुनर्निर्माणका लागि प्रति घर परिवारलाई ४० हजार राहत दिने निर्णय गरिएको बताउनुभयो । उहाँले सम्पूर्ण अग्निपीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङ मार्फत राहत लिन आग्रह गर्दै विस्थापितहरुको पुर्नस्थापनाको लागि केन्द्र सरकार सम्म पहल भइरहेको बताए । उनले भने,–। ‘आगलागीले पारेको प्रभाव र प्रभावितहरुलाई राहत र पुर्नस्थापना गर्ने सन्दर्भमा प्रदेशमा छलफल भइरहेको छ । हाडबास गाउँ स्थायी रूपमा पुनःस्थापन गरि पुरानो अवस्थामा फर्काउने जिम्मेवारी हाम्रो हो । हामी यस बारेमा गम्भीरतापूर्वक अगाडि बढ्छौँ । पुनर्निर्माणको लागि स्थानीय पालिकाले तत्कालै स्टिमेट बनाउन तर्फ अगाडि बढ्न निर्देशन दिन चाहान्छु ।’ उहाँले प्रदेशभित्रका केही पालिकामा अझै पनि सडक सञ्जाल नपुगेको भन्दै त्यस्ता पालिकामा आगामी आर्थिक वर्षसम्म सडक सञ्जाल पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सडक सञ्जाल नपुगेका पालिका तथा वडामा सडक सञ्जाल पु¥याउने प्रदेश सरकारको आगामी आर्थिक वर्षको पहिलो प्राथमिकता हुने उनको भनाइ छ । उनले गाउँको मुख्य बाटोलाई सबैले प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । सांसद थारुले पछाडि परेका देउखुरीका विभिन्न क्षेत्रको विकासलाई अन्य क्षेत्रमा जस्तै समानुपातिक ढङ्ले अघि बढाउनुपर्ने धारणा राख्नुभयो । त्यसैगरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल (विश्वास) ले २५ हजार बराबरको खाद्यान्न सहयोग गरेका छन् । शनिबार अध्यक्ष विश्वासले राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलिलाई खाद्यन्न सहयोग हस्तान्तरण गरेका छन् । अध्यक्ष विश्वासले गढवा गाउँपालिकाले एकलाख बराबरको जस्तापाता हाडबास गाउँका अग्निपिडितलाई सहयोग गर्ने प्रतिवद्वता जनाउनु । सोमबार हाडबास गाउँमै जस्तापाता पु¥याउने बताए ।

अग्निपीडितको घर बनाउन माओवादीले श्रमदान गर्ने

नेकपा माओवादी (केन्द्र)ले अग्निपीडित प्रभावित क्षेत्रमा अस्थायी घर टहरा निर्माणका लागि श्रमदान गर्ने भएको छ । जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माणमा (माओवादी केन्द्र) देउखुरीका चारवटै पालिकाले सहयोग गर्ने भएको हो । नेकपा (माओवादी केन्द्र) देउखुरीको राप्ती, गढवा, लमही र राजपुर गाउँपालिकाले घर बनाउनका लागि संयुक्त श्रमदान गरेर निर्माण गर्न थालेको नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य चक्रबहादुर खड्का (शिखर)ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘यसमा सबैको सहभागिता र योगजान छ । माओवादी पीडितको पक्षमा छ भन्ने अनुभुति दिलाउनको लागि हामी सबै श्रमदानमा जुटेर घर निर्माण थालेका छौँ ।’ यसैगरी नेकपा माओवादी केन्द्र लमही नगरका इञ्चार्ज बसन्त शर्मा (विक्रान्त) टोल विकासबाट संकलित खाद्यान्न र ५८ सय ५४ रूपैयाँ हाडबास गाउँपालिका अग्निपीडितलाई सहयोग गर्नुभएको छ । एकद्धार प्रणाली मार्फत राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीलाई उहाँले खाद्यन्न तथा आर्थिक सहयोग हस्तान्त्रण गर्नुभएको हो । त्यसैगरी लमहीका युवाहरुद्धारा संकलित रकम हाडबास गाउँका अग्निपीडीतहरुलाई सहयोग गरिएको छ ।

लमहीका नौजना समाजसेवी युवाहरुले संकलन गरेका बिस हजार रकम राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीलाई शनिवार गाउँमै पुगेर हस्तान्तत्रण गरिएको सुनिल पुन मगरले जानकारी दिए । गत आइतवार सामुदायिक वनबाट लागेको आगो हाडबास गाउँका बस्तीमा पुगेपछि २४ घर जलेर नष्ट भएको हो । अहिले उक्त क्षेत्रमा राहत पु-याउने काम भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार