उपनिर्वाचनका लागि २१ दललाई चुनाव चिन्ह प्रदान, (यस्ता छन् चुनाव चिन्ह)

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ९ आश्विन २०७६, बिहीबार समाचार

काठमाडौँ – निर्वाचन आयोगले मंसीर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगको असोज ८ गते बसेको बैठकको दलहरुलाई चुनाव चिन्ह दिने निर्णय गरेको हो ।

आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ ।

निर्वाचन आयोगले उक्त दललाई चुनाव चिह्न पनि गोलाकारभित्रको हसिया हथौडा दिएको छ । उपनिर्वाचनका लागि २१ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नयाँ पार्टीको रुपमा दर्ता भएको छ ।

आयोगमा साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी ९जपा०, नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी ९पुष्पलाल० र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामका राजनीतिक दल दर्ता छन् ।

त्यस्तै तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी पनि नयाँ दर्ता भएको छ । यो दलले पाँच औलासहिताको हत्केला चुनाव चिह्न पाएको छ ।

कुन दलले के चुनाव चिन्ह पाए हेर्नुहोस्ः

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार