चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

उज्यालो प्रतिनिधि २१ बैशाख २०८१, शुक्रबार विश्व

बेइजिङ । चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका तीन लाख ९२ हजार गरी कूल पाँच लाख ४४ हजार अपाङ्गता भएका व्यक्तिले रोजगारी पाएको चिनियाँ अपाङ्गता व्यक्ति महासङ्घले जनाएको छ ।

सन् २०२३ मा चीनमा नौ लाख ६० हजार प्रमाणित अपाङ्गता भएका व्यक्ति विभिन्न प्रकारका रोजगारीमा संलग्न रहेका थिए । यसमा सरकारको सहयोगमा रोजगारी, स्वरोजगार, आंशिक समयका लागि रोजगारी र सरकारले उपलब्ध गराएको जन कल्याणकारी रोजगारीहरू समावेश छन् ।

यीमध्ये झण्डै आधा व्यक्ति कृषि उद्योगको खेती, प्रजनन र प्रशोधन क्षेत्रमा कार्यरत रहेको महासङ्घले जनाएको छ । महासङ्घले चीनभरका अधिकारी र संस्थाहरूले सन् २०२३ मा ग्रामीण क्षेत्रहरूमा कठिनाइमा बस्ने दुई लाख ५९ हजार अपाङ्गता भएका व्यक्तिलाई व्यावहारिक सीप तालिम प्रदान गरेको छ ।

सन् २०२३ मा चीनभर ११ हजार तीन सय ९३ दृष्टिविहीन व्यक्तिले गैर–मेडिकल मसाजर ९मालिस गर्ने व्यक्ति० बन्नका लागि प्रशिक्षण प्राप्त गरेको र नौ हजार नौ सय ७० व्यक्तिले मेडिकल मसाजर बन्न तालिम प्राप्त गरेको महासङ्घले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार