विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुप-यो : उपप्रधानमन्त्री लामिछाने

उज्यालो प्रतिनिधि २१ बैशाख २०८१, शुक्रबार समाचार

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्ने बताएका छन ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनबारे उपप्रधानमन्त्री लामिछानेले भने– “इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ । विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने हुन्छ । त्यसबेला बजेट छैन भन्ने कुरा आउँछ । नागरिकको ज्यान जोगाउने कुरा हो । बजेट छैन भनेर नै विपद् र जोखिम न्यूनीकरण गर्ने विषयमा त्यस्तो विपद आउँदा तत्काल उद्धार गर्नेहरु लामो समयसम्म थन्किएका छन् । प्राथमिकता के हो त्यसमा ध्यान दिनुपर्छ । सरकारका तर्फबाट प्रयास गरी नै रहेका छौँ । एकीकृत प्रणालीको अभ्यास गरिरहेका छौँ ।”

उपप्रधानमन्त्री लामिछानेले क्षति न्यूनीकरणको पूर्वतयारीमा जोड दिनुपर्ने बताए । उनले भने– “विपद् व्यवस्थापनका लागि के मा कति बजेट आवश्यकता पर्छ, त्यसबारे बृहत् छलफ हुनुपर्छ । आवश्यक स्रोतहरु उपलब्ध गराउन सरकार तयार छ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार