रोशी गाउँपालिकाका आगलागी पिडितलाई एमालेको आर्थिक सहयोग

उज्यालो प्रतिनिधि २१ बैशाख २०८१, शुक्रबार समाचार

महादेवटार÷रोशी गाउँपालिका वडा नम्बर ४ महादेबटारको सानोपोटामा भएको आगलागीबाट क्षतिग्रस्त बस्तीका पिडित परिवारलाई नेकपा एमाले काभ्रेका युवा नेताले समुहले सहयोग गरेको छ । बनमा लागेको डडेलो बस्तीमा पसेपछि पुरै गाउँ नै आगलागीमा परेपछि युवा नेताको टोलि अग्निपीडितलाई सहयोग गर्न सानोपोटा पुगेको थियो ।

नेकपा एमाले रोशी गाउँ कमिटीले अग्नीपिडितलाई आवश्यक सामाग्री किन्न पैसा आवश्यक पर्ने भएकाले नगदै सहयोग गरेको छ । बिहीबार रोशी गाउँकमिटीबाट पीडित प्रती परिवार नगद १५ हजार दरले १८ घरपरिवारलाई हस्तान्तरण गरेको हो । गाउँ कमिटी अध्यक्ष देव सागर लामाले अग्नि पीडितलाई सहयोग बितरण गरिएको जानकारी दिए । रोशी गाउँ पालिका वडा न १ निवासी नेपाल राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय उपाध्यक्ष अमित लामाले आगलागी पिडित १८ परिवारलाई खाद्यान्नको व्यवस्थापन गरेका थिए । लामाले आफ्नो ब्यक्तिगत रुपमा करिब एक लाख बराबरको चामल , दाल, तेल, चिनी, चिउरा लगायत खाद्यान्न बितरण गरेका हुन् ।

अमित लामाले आगोलागी पीडित परिवार लाई जस्तापाताको व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।आगोलागि पीडितलाई सहानुभूति र राहत लिएर बागमती प्रदेश पुर्व मन्त्री चन्द्र लामा, पुर्व मन्त्री रेशम लामा, पुर्व सांसद नबिना लामा, एमाले काभ्रेका सचिव राजन भुर्तेल नेकपा एमाले प्रदेश कमिटी सदस्य दिलिप लामा , बबिता बोहरा, युवा संघका नेता सागर रायमाझी लगायत नेता कार्यकर्ता क्षतिग्रस्त बस्तीमा पुगेर आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । तत्कालका लागि पालिका कमिटिले रु।१५ हजार रुपियाँ नगद र खाद्यान्न वितरण गरेको र बाँकी सहयोग पनि निरन्तर रुपमा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आगलागीबाट पिडित परिवारहरुको आवश्यकताको आधारमा खाद्यान्न सामाग्री वितरण गरेको र आगामी दिन थप सहयोग गर्ने प्रतिबद्धता उपाध्यक्ष चन्द्र लामाले व्यक्त गरे । आगलागीमा परेर सानुपोटामा १५ घरपरिवार र डाँडागाउँ १ घर परिवार र माटेमा २ घर परिवार गरि १८ घरपरिवारलाई सो सामाग्री हस्तान्तरण गरेको उनले उल्लेख गरे ।सामाग्री हस्तान्तरणपछि बस्तीको स्थलगत निरीक्षण गर्दै नेताहरुले सरकारसँग तत्कालै सो बस्तीको पुनः निर्माणको माग गरेका छन् ।

उपाध्यक्ष चन्द्र लामाले आफूहरुले सदैव जनताको दुख र सुखमा काम गर्ने र पदमा हुँदा पनि नहुँदा पनि जनता नै प्राथमितकतामा राख्ने स्पष्ट पारे। उनले एमाले जनताको पार्टी भएकाले जनताको सेवा सदैव समर्पित हुने उल्लेख गरे । काभ्रे जिल्लाभरी फैलिएको डडेलो नियन्त्रणमा लाग्न, थप आगलागीका घटना हुन नदिन भुमिका खेल्न नेता कार्यकर्तालाई उनले निर्देशन दिए । प्रहरी प्रशासनले पनि आगो लगाउने समुहलाई नियन्त्रणमा लिन अनुरोध गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार