नेपाल तामाङ घेदुङ पेनाङ क्षेत्रीय समितिको प्रथम ऐतिहासिक अधिवेशन गर्ने तयारी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ९ आश्विन २०७६, बिहीबार फोटो समाचार

क्वालालम्पुर मलेसिया : नेपाल तामाङ घेदुङ मलेसियाको पहिलो ऐतिहासिक अधिवेशन गत जुलाई २१ तारिखमा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भए पश्चात् घेदुङले मलेसियाको पेनाङ क्षेत्रीय समितिमा पनि आफ्नो शाखा बिस्तार गरेको छ ।

शाखा बिस्तार सँगै “विश्व भरी छरिएर रहेका तामाङहरु एक हौँ, ताम्सालिङ प्राप्तिका लागि एक जुट हौँ ” भन्ने मूल नाराका साथ नेपाल तामाङ घेदुङ पेनाङ क्षेत्रीय समितिको प्रथम ऐतिहासिक अधिवेशन अक्टोबर ६ तारिखको दिन मलेसियाको पेनाङ स्थित सनवाई होटलमा गर्ने तयारी रहेको पेनाङ समितिका अध्यक्ष रामकाजि तामाङले जानकारी दिनुभएको छ ।

नेपाल तामाङ घेदुङ पेनाङ क्षेत्रीय समितिको अयोजनामा हुन लागेको अधिवेशनमा नेपाल तामाङ घेदुङ मलेसियाको केन्द्रीय अध्यक्ष राजेन्द्र वाइबा तामाङ प्रमुख आतिथि हुने कार्यक्रममा वृहत् साँस्कृतिक कार्यक्रम समेत हुने अध्यक्ष तामाङले बताउनुभयो ।

अक्टोबर ६ मा हुन लागिरहेको अधिवेशनमा मलेसियामा रहेका विभिन्न संघ संस्था तथा आम तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितीका लागि अनुरोध समेत गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार