हज समितिको पूर्णतामा ढिलाइले बढायो चिन्ता

उज्यालो प्रतिनिधि २१ बैशाख २०८१, शुक्रबार समाचार

काठमाडौँ । नेपाल हज समितिले जेठ २ गतेदेखि हज यात्रीहरू साउदी अरबका लागि प्रस्थान हुने उडान तालिका प्रकाशित गरिसक्दासम्म गृह मन्त्रालयले हज समिति सदस्यहरूको नियुक्ति गर्न सकेको छैन ।

हज समितिको अध्यक्षको नियुक्ति पनि निकै ढिला भएकोले हज व्यवस्थापनमा समस्या त उत्पन्न हुने होइन, चिन्ताको विषय हो भनी पूर्व मन्त्री जाकिर हुसैनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले चिन्ता व्यक्त गरी गृह मन्त्रालयलाई चेताउँदै लेखेका छन्, हज समिति सदस्य नियुक्तिमा अझ ढिलो भएमा हज यात्रीहरूको व्यवस्थापनमा समस्या हुनेछ । हाजीहरूको उडान व्यवस्थापन, सदस्य र चिकित्सक टोलीको उडान, भिसा इस्यू, खोप व्यवस्थापन, काठमाडौँमा आवासीय व्यवस्थापन, मक्का व्यवस्थापन, मदीना व्यवस्थापन, मीना(मुज्दल्फा व्यवस्थापन, साउदी अरबमा राहदानी र फ्लाइट सेड्युल व्यवस्थापन, मक्का र मदीनामा आवासीय व्यवस्थापन, मक्कामा क्याटरिङ्ग व्यवस्थापन, हाजीहरूको स्वास्थ्य, उपचार, सुरक्षा र कानूनी विषयहरूको व्यवस्थापन एक एक स्टेप निकै संवेदनशील हुने गर्दछ । हज समितिको अध्यक्षको नियुक्ति ढिलो भई भएको छ । र, सदस्यहरूको नियुक्तिमा झन् ढिलो हुनु व्यवस्थापकीय दृष्टिकोणले निकै जोखिमपूर्ण बन्दै गएको छ । गृह मन्त्रालयले कुनै ढिलाइ गरेमा गम्भीर समस्या उत्पन्न हुने भएकोले हज समितिलाई पूर्णता दिन अब चाहिँ कुनै ढिलो न होस् ।

पूर्व मन्त्री हुसैनले लेखेका छन्, सामान्यत : हज समितिका अध्यक्ष स्वयं साउदी अरब पुगी घर, खानपीन, मीना र मुजदल्फाको पाँच दिने बसाइको व्यवस्थापन गर्ने गर्दछ । तर, यसपटक हज समिति गठनमा भएको ढिलाइले गर्दा हज समितिका नवनियुक्त अध्यक्ष एकपटक पनि साउदी अरब पुग्न सकेका छैनन् । सदस्यहरूको नियुक्तिमा दलहरूको भागबण्डा न मिलेर नियुक्तिमा ढिलाइ भएर अध्यक्ष साउदी अरबको भ्रमणमा जान नसक्नु दुखद कुरा हो ।

साउदी अरबको मक्काको घर, मदीनाको घर र मक्कामा खानाको बन्दोबस्त लगायतका कामहरू पूर्व अध्यक्षले गरेका छन् । नव नियुक्त अध्यक्ष तुरुन्त साउदी अरब जान अत्यन्त जरुरी छ । त्यहाँ के कस्तो व्यवस्थापन भएको छ । यसबारे उनलाई पूर्ण जानकारी हुनु जरुरी छ । आपूर्तिकर्ताहरूसँग उनको समन्वय र अन्तर्घुलन हुन जरुरी छ । नव नियुक्त अध्यक्षले पूर्व अध्यक्षसँग समन्वय गरेर अवस्थाको वास्तविक जानकारी लिनु उत्तिकै जरुरी छ । समय अत्यन्त कम भएकोले अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी पाँच-सातजना अनुभवीहरू सम्मिलित एउटा सल्लाहकार समिति पनि गठन गर्न जरुरी देखिन्छ । हज व्यवस्थाबारे जानकार पूर्वमन्त्री हुसैनले लेखेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार