पशुपालक किसानलाई आत्मनिर्भर बनाउन पालिकाको अनुदान

उज्यालो प्रतिनिधि २१ बैशाख २०८१, शुक्रबार समाचार

पर्वत । पशुपालनबाट किसानसँगै गाउँपालिकालाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको महाशिला गाउँपालिकाले पशुपालक किसानलाई अनुदान दिने भएको छ ।

महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई रु ३१ लाख ५० हजार अनुदान वितरण गरिने भएको छ ।

महाशिला गाउँपलिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार पालिकाले व्यावसायिक पाख्रापालन गर्ने, गाईगोरु, भैँसीपालन गर्ने किसानलाई उक्त अनुदान दिनेछ । चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटबाट एक सयजना बाख्रापालन गर्ने किसानलाई खोर सुधारका लागि रु २५ लाख प्रदान गरिने छ ।

अनुदान लिने किसानले कम्तीमा पाँचवटा माउबाख्रा पालेको हुनुपर्ने प्रावधान छ । अनुदान पालिकाका छवटै वडाका पशुपालन गर्ने निजी फार्म, कृषक समूह, सहकारी वा साझेदारी फार्मलाई पनि समेटिएको छ ।

त्यसैगरी भकारो सुधार कार्यक्रमका लागि रु तीन लाख ५० हजार अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाभित्रका ५० जना किसानलाई भकारो सुधारका लागि अनुदान दिने उहाँले बताउनुभयो ।कम्तीमा एउटा गाई, एक हल गोरु र एउटा भैँसी पालेका किसानलाइ रु सात हजारका दरले अनुदान दिइने छ । पालिकाको एउटा वडामा १५ रोपनी क्षेत्रफलमा घाँसको स्रोत केन्द्र बनाउनका रु एक लाख ५० हजार अनुदान दिइने छ । स्रोत केन्द्रबाट पालिकाका छवटै वडामा घाँसको बीउ र बिरुवा विस्तार गरिने छ ।

पालिकाभित्रका विभिन्न २८ वटा कृषक समूहलाई घाँसको बीउ र बिरुवा वितरण गर्न पालिकाले अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार बीउ तथा बिरुवा वितरणका लागि अनुदान दिइने अध्यक्ष भुसालले जानकारी दिए। अनुदान लिनका लागि कृषक, सहकारी वा साझेदारी फार्मले पन्ध्र दिनभित्र संस्था वा फार्म दर्ताको प्रमाणपत्र, नागरिकता, निवेदन, जग्गाको जग्गाधनी पुर्जाजस्ता कागजात पालिकाको पशु सेवा शाखामा पेस गर्न अनुरोध गरिएको छ । पालिकाले केही वर्षअघिदेखि मासु र दूध उत्पादनमा पनि अनुदान दिँदै आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार