राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

उज्यालो प्रतिनिधि २० बैशाख २०८१, बिहीबार विश्व

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे दुर्घटनापछि शीघ्र उद्धार र विपद् राहतकार्यका लागि निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सिले घटनास्थलमा उद्धार, घाइतेको उपचार र त्यसपछिको अवस्थालाई व्यवस्थापन गर्न सबै प्रयास गर्न निर्देशन दिएका हुन्।

सो प्रान्तको मेझोउ शहरको मेझोउ–डाबु एक्सप्रेसवेको चयाङ खण्डमा भूस्खलन हुँदा बिहीबारसम्म, प्रकोपले ३६ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको स्रोतले जनाएको छ ।

उनले भने, “क्षतिग्रस्त सडक मर्मत गर्न र ट्राफिक व्यवस्था सकेसम्म छिटो पुनःस्थापना गर्ने प्रयास गर्नुपर्छ, सबै क्षेत्र र सम्बन्धित विभागले जिम्मेवारी पुरा गर्न अनुगमन र चेतावनीलाई सुदृढ पारी आपतकालीन सुधार गर्नुपर्छ । प्रमुख क्षेत्रका जोखिमको अनुसन्धान गरी जनताको जीवन र सम्पत्तिको सुरक्षासहित सामाजिक स्थिरता सुनिश्चित गर्नुपर्दछ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार