नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो २२८ रनको चुनौतीपूर्ण लक्ष्य

उज्यालो प्रतिनिधि १९ बैशाख २०८१, बुधबार खेल

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको तेस्रो खेलमा जितका लागि नेपालले दुई सय २८ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय २७ रन बनायो । वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सतकीय पारी खेल्नुभयो । उहाँले ६१ बलमा १३ चौका र सात छक्काको सहयोगमा अविजित एक सय १९ रन बनाए ।

यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाउनुभयो । फाबिएन एलेनले १९, ओपनर एलिक अथान्जेले १७ रन र किमो पलले अविजित १३ रन बनाउनुभयो । बलिङमा नेपालका सागर ढकाल र करण केसीले एक एक विकेट लिए ।

पाँच खेलको सिरिज अहिले १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेल वेस्ट इन्डिजले १० रनले जितेको थियो । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार