हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

उज्यालो प्रतिनिधि १९ बैशाख २०८१, बुधबार समाचार

हुम्ला । जिल्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ । तिब्बत सरकारले अनुदानस्वरुप एक हजार क्विन्टल चामल तथा सोही परिमाणमा मैदाका साथै ‘सोलार प्यानल’ प्रदान गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।

प्राप्त सहयोग सबै वडाका विपन्न वर्गलाई बाँडिने जानकारी दिँदै उनले सोलार प्यानल वडाका विद्यालयमा जडान गरिने बताए । तिब्बतबाट प्राप्त सहयोग हिल्सा नाकामा आइपुगेको र ती सामग्री शीघ्र गाउँ ल्याइने लामाले बताए ।

बजारको अनुगमन

हुम्ला जिल्ला उद्योग वाणिज्य सङ्घले वैशाख ४ गतेको निर्णयअनुसार स्थानीय प्रशासनसँगको सहकार्यमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदी नेतृत्वको टोलीमा सिमकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुशीला रोकाया, उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीलगायत रहेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार