रसुवामा सम्बन्धविच्छेद घटना बढे

उज्यालो प्रतिनिधि १९ बैशाख २०८१, बुधबार समाचार

रसुवा । गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा चालु आवको नौ महिनामा ८१ वटा त्यस्ता मुद्दा परेका छन् ।

जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारीका अनुसार आव २०७७/७८ मा २९, २०७८/७९ मा ३६ र आव २०७९/८० मा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । अधिकांश सम्बन्धविच्छेद मुद्दा श्रीमतीले दायर गरेका छन् भने केही पुरुषले दर्ता गराएका छन् । वैदेशिक रोजगारीमा गएका महिला तथा पुरुषबाट नै अधिकांश मुद्दा दर्ता भएका छन् ।

यसैबीच, रसुवाबाट चालु आवमा एक हजार दुई सय जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज रूपमा राहदानीलगायत सेवा प्रवाह गरिएको जनाएको छ । राहदानी जारी गरेबापत राज्यकोषमा रु छ लाख दाखिला भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार